![]()
पिपुल्स न्युज प्रदेश 2 : युवाहरूले प्रदेश २ को नाम मधेश राखेको विरोधमा प्रदर्शन गरेका छन् ।मंगलबार जनकपुरधाममा भएको प्रदर्शनमा युवाहरूले प्रदेश सांसदहरूको पुत्ला पनि जलाएका छन् । ८ जिल्लालाई मात्रै मधेश प्रदेश बनाएकोमा युवाहरूले विरोध जनाएका हुन् ।उनीहरूले २२ जिल्लालाई मधेश भनिने गरेकोमा अब मधेशलाई ८ जिल्लामा सीमित गर्ने काम भएको आरोप लगाएका छन् । सुशील कर्णको अगुवाईमा भएको प्रदर्शनमा नारावाजी समेत भएको छ ।
कर्णले ‘मिथिला भोजपुरा मधेश प्रदेश’ नाम राख्नुपर्नेमा प्रदेश सांसदहरूले मधेशको पूर्वी क्षेत्र र पश्चिम क्षेत्रको भू–भागलाई बेवास्ता गरेर ८ जिल्लामा सीमित गर्ने काम भएको बताए ।प्रदेशको नाम मिथिला–भोजपुरा प्रदेश गर्दा पहिचान र सांस्कृतिक समेत झल्किन्थ्यो भन्ने उनको भनाइ छ । पर्साको वीरगंजमा पनि मधेश प्रदेशको राजधानी वीरगंज नबनाएको भन्दै मुख्यमन्त्री लालबाबु राउतविरुद्ध नारावाजी भएको छ । स्थानीयले मुख्यमन्त्री राउतको पुतला दहन गरेका छन् ।