![]()
पिपुल्स न्युज काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मधेसी जनताको एउटा सपना पूरा भएको भएको बताएका छन् ।सोमबार प्रदेशसभा बैठकबाट मधेस प्रदेश नाम राख्ने प्रस्ताव दुईतिहाइ भन्दा बढी बहुमतले पारित भएपछि अध्यक्ष यादवले यस्तो बताएका हुन् ।मधेस प्रदेशको नामकरणले मधेस आन्दोलनले सम्मान पाएको उनको भनाइ छ ।‘पहिचान र सामथ्र्यको आधारमा मधेस प्रदेश बन्यो । मधेसी जनताले जुन बलिदान दिए ।
ति शहिदहरुको एउटा सपना मधेस प्रदेशको स्थापना पनि थियो ।त्यो सफल भएको छ । मधेस आन्दोलनले एउटा सम्मान पाएको छ’ अध्यक्ष यादवले दृष्टीन्यूजसंग कुरा गर्दै भने ।मधेस प्रदेशको घोषणाले पहिचानको प्रतिनिधित्व गर्ने बताउँदै उनले अब देशैभरीको असम्मान र असमनता, विभेद र शोषण, जातिय, सांस्कृति विभेदको अन्त्यका लागि अगाडी बढने बताए ।मधेसवादी राजनीतिक दल सानो सानो स्वार्थका लागि विभाजित भएको बताउँदै अध्यक्ष यादवले थप उपलब्धि प्राप्त गर्नका लागि एकीकृत हुन आह्वान समेत गरेका छन् । पहिचान र प्रतिनिधित्व मधेसीलाई मात्रै नभई आदिवासी जनजाती समेतलाई चाहिएकाले मधेस प्रदेशको घोषणाको प्रभाव प्रदेश १ को नाम घोषणामा समेत पर्ने उनले बताए ।