![]()
काठमाण्डौ – नेकपा एसको नेता तथा वर्तमान सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले मन्त्री बनेको ९८ दिन भयो। १०० दिन पनि पुग्न नपाउदै मन्त्री आलेले यति धेरै काम गरेकि यतिबेला उनको सर्वत्र प्रसंसा छ। आलेले नारायणहिटी दरबार सङ्ग्रहालय भित्र चमेना गृह स्थापना गर्न जग्गा भाडामा दिन गरिएको निर्णयलाई आफूले खारेज गरिदिने बताएपछि धेरैले यसलाई जनप्रिय निर्णय रुपमा लिए। मन्त्री आलेले नारायणहिटी राजदरबार सङ्ग्रहालयको ऐतिहासिक महत्त्व रहेको भन्दै त्यसको संरक्षण गरिनुपर्ने बताए।
उनले भने, “नारायणहिटी दरबार हाम्रो पहिचान पनि हो। कौडीको भाउमा त्यसरी दिन पाइन्छ? यो हामीले राजतन्त्रको अन्त्य गरेर लोकतन्त्र के त्यसैको लागि ल्याएको हो? राजाको भएका जग्गाहरू लुट्नको लागि हामीले गणतन्त्र ल्याएको हो? त्यसो भएको हुनाले अविलम्ब छानबिन समिति गठन भएको छ। हामी छिट्टै कारबाही गर्छौँ।
ब्युरोक्र्यासीको सोच हाउ टु अर्न मनि भन्ने तिर मात्रै गएकाले पर्यटन क्षेत्र बिग्रिएको भन्दै आफूले फोहोर फालि सफा गर्ने पनि बताए। उनले केहि उदाहरण पनि प्रस्तुत गरे । विगतमा पदमार्गको नाममा पर्यटन विभागबाट वर्षमा १५ /२० करोढको बजेट जान्थ्यो। एउटा टेन्डर निकालियो र कम कबोल गरेको आधारमा एउटा मान्छेलाई ठेक्का दिईयो। अर्को वर्ष फेरी ठेक्का निकालियो र भनियो विगतमा ढुङ्गा छापेको मान्छे हुनुपर्ने। यसबाट पुरानै मान्छेलाई सेटिंगमा दोस्रो वर्ष, तेस्रो वर्ष ठेक्का मिलाउने र बाढेर खाने।
जब म आए, मलाई सूचना पाएपछि तुरुन्त यस्तो त् हुदैन भनेर रिटेण्डर गराए। ” आलेले आज साझ प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहान्छन’ मार्फत बताए । यस्तै एअरपोर्ट भित्र हुने सरसफाइको ३ करोढ ७२ लाखको टेन्डर खारेज गरि रिटेण्डर गराएर माफियाको सफाई गर्ने कार्यको थालनी गरेको पनि वताए।
पूर्व पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गरेका कर्तुतहरुको फेरिहस्त पेश गर्दै मन्त्री आलेले आज साझ प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहान्छन’ मार्फत योगेशलाई नछाड्ने र आवाश्यक परे कारबाहि गर्ने पनि बताए।
मन्त्रीको निर्देशन विना हाम्रो जस्तो देशमा कसैले यति ठूलो निर्णय लिन नसक्ने भन्दै नारायणहिटी दरबार सङ्ग्रहालय भित्र चमेना गृह स्थापना गर्न जग्गा भाडामा दिन गरिएको निर्णय योगेश भट्टराईले सेटिंगको आधारमा गरेको वताए।
कोरोनाको कारण विदेशमा श्रम गर्ने नेपालीहरु आफ्नो देशमा फर्कन खोज्दा चार गुणा महँगो मुल्यमा चार्टड फ्लाइटको हवाला दिदै योगेश भट्टराईले ढाड सक्ने काम गरेको मन्त्री आले बताउछन।
तत्कालिन उपप्रधानमन्त्री तथा कोभिड व्यबस्थापन केन्द्रको संयोजक इश्वर पोखरेलको निर्देशनमा समेत प्लेन चार्टड गर्ने काम भएको र देखिएको दोषिलाई नछाड्ने आलेले बताए।
कोभिड्को नाममा योगेश भट्टराईहरुले कमिशनको लागी जनताको ढेड सेक्ने काम गरेको सत्य, तथ्य छानबिन गरि छिटै कारबाही गर्ने मन्त्री आलेको भनाई छ।