![]()
पिपुल्स न्युज काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह सडकमा उत्रिने भएका छन् । कम्युनिस्टहरुले राजाहरुको इतिहासलाई दुत्कारेका बेला ज्ञानेन्द्र शाह भने सडकमा उत्रिएर सम्मान गर्ने भएका छन् ।
मंगलबार आफ्ना पुर्खा पृथ्वीनारायण शाहको ३००औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सबै नेपालीलाई एकताबद्ध गर्ने उद्देश्यले शाह सिंहदरबारको मुल गेट अगाडि आउने भएका छन् । त्यस अवसरमा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नेछन् ।
सिंहदरबारको मुल गेट अगाडि पृथ्वीनारायण शाहको सालिक छ । पूर्वराजाका संवाद सचिव फणि पाठककाअनुसार त्यहाँ माल्यार्पण गर्न जाने कार्यक्रम छ । उनी मध्यान्ह साढे १२ बजे त्यहाँ पुग्ने कार्यक्रम छ ।
कम्युनिस्टहरुको दबाबमा सरकारले पृथ्वी जयन्तीका दिन सार्वजनिक विदा दिन नसकेका बेला उनीहरुलाई काउन्टर दिँदै राजा आफै मैदानमा उत्रिन लागेका हुन् ।