केपी ओलीको जोवाई भन्दै देशको सम्पति लुट्ने खेलमा बतास समुह

Loading

पिपुल्स न्युज काठमाडौँ : देशभरिका ऐतिहासिक राष्ट्रिय सम्पत्ति हडप्न खोजेको आरोप लागेका बतास समूहका प्रमुख आनन्द बतासले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ज्वाईं भन्ने गरेको खुलासा गरेका छन् ।

एक निजी टेलिभिजनले गरेको स्टिङ अपरेशनका क्रममा उनले आफ्नो ससुराली झापाको भद्रपुर भएकाले केपी ओलीले आफूलाई ज्वाईं भन्ने गरेको बताएका हुन् 

‘मेरो ससुराली भद्रपुर, ओलीजीले मलाई ज्वाईं भन्नुहुन्छ,’ बतासले भने । उनले सेटिङबिना कुनै टेन्डर नपर्नेसमेत बताए । ‘तपाईंहरूलाई थाहै त छ नि, सेटिङबिना विश्व बैंकले पनि काम गर्दैन । समझदारलाई इशारा काफी छ । कुन चाहिँ टेन्डर सेटिङमा छैन र ?

उनले आफू वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको पनि निकट रहेको र प्रधानमन्त्रीपत्नी आरजु राणाको सहयोग लिने बताए ।

Leave a Comment