क्वारेन्टिनबाट १३ जना कोरोना संक्रमित भागे

Loading

People’s News Corona Update : अम्रितसर : चार्टर विमानमार्फत इटालीबाट भारत पुगेका कम्तीमा १३ यात्रु क्वारेन्टिनबाट भागेका छन् । भारतको अम्रितसार पुगेपछि कोभिड संक्रमण पोजिटिभ देखिएका १३ यात्रु क्वारेन्टिनबाट भागेका हुन् ।

करिब १६० यात्रु बोकेको चार्टर विमान इटालीको मिलानबाट भारतको अम्रितसार भ्रमणका लागि उडेको थियो । सो विमानमार्फत बुधबार अम्रितसार पुगेका १६० मध्ये सोहि साँझ करिब १२५ यात्रुमा कोरोना संक्रमण पोजिटिभ देखिएको थियो ।

संक्रमितमध्ये १३ यात्रु भागेको बीबीसीले जनाएको छ । भारतमा शुक्रबारसम्म १ लाखभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् ।

Leave a Comment