कोरोना संक्रमित चारजनाको मृत्यु

Loading

People’s News : पछिल्लो २४ घण्टामा नेपालमा थप २३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। नौ हजार ८४ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पिसिआर विधिबाट सात हजार ८८५ जनाको परीक्षण गर्दा २२४ जना र एन्टिजेन विधिबाट एक हजार १९९ जनाको परीक्षण गर्दा ११ जनामा संक्रमण देखिएको हो । यस अवधिमा चार संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। आज २१२ संक्रमित निको भएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या चार हजार ८७९ मा झरेको छ। आज शुक्रबार देशभर एक लाख ३९ हजार १५२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

Leave a Comment