![]()

People’s News नेपाल विद्युत प्राधिकरणको कार्गो (मालसामान) नेपाल वायुसेवा निगमको जहाजमार्फत् ढुवानी गर्ने सम्झौता भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङबीच प्राधिकरणका कर्मचारी विदेश भ्रमण जाँदा र सामान ढुवानी गर्दा निगमकै जहाज प्रयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।सोमबार सिंहदरवारस्थित पर्यटन मन्त्रालयमा भएको सम्झौतामा प्राधिकरणको सामान ढुवानी र त्यहाँका कर्मचारीले विदेश भ्रमण गर्दा निगमकै जहाज प्रयोग गर्ने उल्लेख गरिएको छ। कार्यक्रममा बोल्दै मन्त्री आलेले निगम र प्राधिकरणको कुशल नेतृत्वले सो सम्झौंता गरेर प्रशंशनीय कार्य गरेको भन्दै खुशी व्यक्त गरे । कार्यक्रममा बोल्दै निगमका कार्यकारी अध्यक्ष अधिकारीले आफूहरुको सो प्रस्ताव सहर्ष स्विकार गरेको भन्दै प्राधिकरणको नेतृत्वलाई धन्यवाद दिए। यता, प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले सम्झौतामा उल्लेख गरिएका कुराहरुलाई अक्षरसः पालना गर्ने प्रतिवद्धता व्यक्त गरे । सो अवसरमा मन्त्रालयका सचिव महेश्वर न्यौपानेले निगमलाई उकास्न पनि प्राधिकरणसँग गरिएको सो सम्झौताले सघाउ पु¥याउने विश्वास व्यक्त गरे । savarlink