ऋण दिने बहानामा बैंक म्यानेजर तथा नपा इन्जिनियरले आफ्नो खल्ती भर्दै

Loading

पिपुल्स न्युज प्रदेश 2 : कोरोना महामारीले हरेक व्यक्ति, ब्यापारी, उधोगपति हरेकलाई असहज भाको छ ! कुनै पनि ब्यापारीलाई वा सार्बसाधारनलाई आफ्नो आगामी कामकुराको लागि पैसा चाहिने हुन्छ चाहे त्यो बैंक मा गरेको बचत होस् वा बैंक बाट लिने ऋण होस् अवस्कता सबै लाई छन् !

सर्बसाधारण तथा ब्यापारीको यहि असहजताको फाइदा उठाउने काम गर्छ स्थानीय बैंक तथा नपा इन्जिनियरले बैंकले आफ्नो प्रलोभनमा यसरि पर्ने गर्छ मनाउ ऋणी आउने बितिकै तु को तु हात मा पैसा दिएर पठाई दिन्छन जसको करण ढुक्क भएर ऋणी नपामा तिर्नु पर्ने हरेक कर घुस सबै तिरी दिन्छ त्यति गरेर बैंक पुग्दा म्यानेजर ले आफ्नो अर्को ब्राह्मस्त्र फाल्ने गर्छ नक्साको !

ऋणी लाई त्यति सापटी भै सकेको हुनाले उसले थप सापटी लिएर नक्सा बनाउने कार्यमा दिन रात इन्जिनियर कहाँ धाउदा धाउदा 1/2 महिनाको अथक प्रयासमा नक्सा बनाई दिन्छ तर त्यतिमै कहाँ काम सकियो र अब उक्त नक्सा नपा बाट फेरी पास गर्न पनि रकम बुझाउनु पर्ने व्यक्तिलाई थप भार पर्ने गरि नपाले आफ्नो काम गरि दिन्छ !

बैंक ले ऋण दिने आस्वासन दिनका लागि चाहिने आबस्यक पेपर के के हो एक फेरमै भन्दै नन किस्ता किस्ता मा भन्ने बानीले व्यक्ति बिस्तारै फस्दै जान्छन ! 

यहि दौडधुप गर्दा गर्दै व्यक्ति को 80/90 हजार सकी सकेको हुन्छ त्यो ढुख समेटेर उ बैंकमा पुग्छन सबै कागजातनुसार ढुक्क भएर बैंक ले एति ल्याए पछि ऋण पक्का हुन्छ भने आस्वासन देको करण जब व्यक्ति बैंक पुग्छन अनि म्यानेजर ले फेरी अर्को ब्राह्मस्त्र प्रयोग गर्छन मासिक आम्दानी को र त्यति गरेर ल्याउनुस अब केहि फरक पर्दैन भनेर पठाई दिन्छन व्यक्ति फेरी न्याउरो अनुहार लिएर घर फर्किन्छु त्यति बेला सम्म उसको सिरमा 1 लाख भन्दा बढीको भार परिसकेको हुन्छ !

यस्ता यस्ता धेरै अवस्था सिर्जना गरेर धेरै जसो बैंक नपाको इन्जिनियर हरुसंगको मिलोमतोमा धेरैलाई ठग्ने गरेको देखिन्छ ! व्यक्ति ले तिरेको कुनै पनि रकम फिर्ता हुदैन जसको करण व्यक्ति मानसिक तनाबमा पुग्छन र म्यानेजर र इन्जिनियर आफ्नो खल्ती भर्ने खेलमा मात्र लागि रहने गर्छन ! 

त्यसैले बैंक र नपा ले यस बिकृतिलाई समय मै नहटाए सम्म यस्ता लुट तन्त्र चलि नै रहन्छ !

बैंक र नपा (म्यानेजर र इन्जिनियर ) को जानकारी हाललाइ गौ्ण राखिएको छ !

Leave a Comment