सिराहामा जारी किसान आन्दोलनकारीदले कर्फ्यु तोडेर तताए सडक

Loading

पिपुल्स न्युज सिराहा : केहि बर्ष एता उखु किसानले ब्यापारी तथा सरकारबाट निकै अपहेलित भै रहेको थियो जस कारण किसानले पाउनु पर्ने उचित मूल्य किसानले पाइरहेको थिएन !

कोरोनाको समयमा समेत किसानले काठमाडौँमा आन्दोलन गरेको कारण सरकारले आबस्यक बचन समेत दिए तर उक्त बचन किसान भन्दा बढी उधोगीलाई फाइदा हुने खालका थिए !

नेपाल जुन सरकार आए पनि चरम मारमा पर्ने भनेकै किसान हुन जसको उत्पादित बस्तुको नत उचित दाम आउछ नत सरकारद्वारा कुनै पहल गरिन्छ ! इ बिभिन्न आस्वासन पाएर किसान्लाई असहज परिस्थियी उत्पन्न भए पश्चात सडकमा आउन बाध्य भए कुरा आन्दोलित किसान जयराम यादब ले जानकारी दिए ! उनको भनाइ अनुसार हामी किसानले सरकार समक्ष हरेक प्रयास गरि सक्यौ तर सुनुवाय कहिँ भएन  काठमाडौँमा आन्दोलन गर्ने क्रममा हाम्रो दुइ जना साथीले ज्यान समेत गुमाउनु पर्ने भयो तर पनि सरकारले हामी किसान भन्दा बढी उधोगी हरुलाई मद्दत गरेका कारण आफ्नै ठाउबाट सडक तताउन बाध्य भए !

अर्का आन्दोलानरत सदस्य दिनेश महतोको अनुसार हामीलाई सरकारले आस्वासन दिएको आधारमा मात्र आन्दोलन रोक्ने हुदैन क्षेति पूर्ति र हाम्रो उत्पादित सामानको सहि दाम नपाए सम्म यो आन्दोलन साम्य हुने छैन झन्य उग्र रुपमा लिएर जाने छौ.! 

Leave a Comment