ओमोक्रोनको त्रास बढ्दो भारतमा कर्फु नेपालले के गर्लान

Loading

पिपुल्स न्युज काठमाडौ । छिमेकी मुलुक भारतमा कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्टका संक्रमित उच्च विन्दुमा पुग्न थालेको छ । छोटो समयमा नै ३५८ जना सक्रिय संक्रमित पुगेपछि सरकारले कडा कदम उठाएको छ । भारतमा पछिल्लो २४ घण्टामा ६ हजार ६५० जना नयाँ संक्रमित थपिएको र ३७४ जना संक्रमितको मृत्यु भएको भारतीय समाचार माध्‍यमले जनाएका छन् । त्यस्तै, ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ३५८ पुगेको छ ।

ओमिक्रोनका संक्रमितमध्ये सबैभन्दा धेरै महाराष्ट्रमा छन् । त्यहाँ शुक्रबारसम्म ८८ जनामा उक्त भेरियन्टको संक्रमण पुष्टि भएको छ । दोस्रो स्थानमा रहेको दिल्लीमा ६७ जनामा यो भेरियन्ट पुष्टि भएको छ ।

यसैबीच, उत्तर प्रदेशमा शनिबारदेखि रात्रिकालीन कर्फ्यू लगाइने भएको छ ।

उत्तर प्रदेश सरकारले ओमिक्रोनका संक्रमित बढिरहेका बेला पूर्वसावधानी स्वरुप राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाउने निर्णय गरेको हो । मध्य प्रदेश सरकारले हिजो नै रात्रिकालीन कर्फ्यू लगाउने घोषणा गरेको थियो ।

भारतको अल्लाहवादस्थित उच्च अदालतले प्रधानमन्त्री नरेन्द्र मोदीलाई उत्तर प्रदेशको विधानसभा चुनाव रोक्न अपिल गरेको केही घण्टापछि रात्रिकालीन कर्फ्यू लगाउने निर्णय भएको हो ।

पछिल्लो समय कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्टका संक्रमित बढ्न थालेपछि भारतका कैयौं राज्यमा सतर्कता अपनाउन थालिएको छ । केन्द्र सरकारले समेत राज्य सरकारलाई ठूला कार्यक्रममाथि रोक लगाउन र राति कर्फ्यू लगाउन सल्लाह दिएको छ ।

यसको असर नेपालमापनि पर्ने पक्का छ । नेपाल भारत खुला सीमा रहेका देश हुन् । त्यहाँका नागरिक नेपाल र नेपालका नागरिक भारत ओहोरदोहोर गरिनै रहेका छन् । यसले गर्दा नेपालमापनि जोखिम उच्च छ । सावधानी नअपनाए असहज हुने ठम्याई छ ।

Leave a Comment