![]()
पिपुल्स न्युज काठमाडौँ :
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले जसरीपनि सभापतिमा जित्न आवश्यक रहेको बताएका छन् । आइतबार लैनचौरको एक बैंक्वेटमा आदिवासी जनजाति विभागले गरेको कार्यक्रम लाई सम्बोधन गर्दै देउवाले आफूले
फेरि सभापतिमा जित्न आवश्यक भएकोभन्दै सहयोगका लागि प्रतिनिधिसँग भोट मागेका छन्।मैले हारेँ भने मलाई प्रधानमन्त्री बाट हटाउँछन् । त्यसैले मैले जित्नै पर्छ, जित्न आवश्यक छ । पार्टीको चुनावपनि नजित्नेले देश कसरी चलाउँछन भनेर मलाई
प्रश्न गर्छन्’, देउवाले भने ।आफूले सभापतिमा हारे सरकारबाट पनि हटाउन सक्ने चिन्ता ब्यक्त गर्दै देउवाले भने,मलाई जिताइ दिनु होला । विगतमा पनि कांग्रेसलाई सबैको पार्टी बनाएर लगि रहेको हो । अब पनि मेरोभन्दा हाम्रो अनि सबैको साझा पार्टी
बनाएर लैजानुपर्छ ।’ योपनि पढ्नुहोस काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा शुभकामना मन्तव्य दिने क्रम मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्र प्रमुखका रुपमा राजसंस्था र जनताबाट सोझै निर्वाचित प्रधान
मन्त्री ल्याउन कांग्रे सहित सबै दलका नेताहरु लाई प्रस्ताव गरेका छन्।उनले पूर्ण समानुपातिक प्रणालीबाट सांसद निर्वा चित हुनुपर्ने र सांसद मन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्ने पनि उनले बताए।उनले दल तथा संस्थाहरुप्रति जनताले विश्वास
गुमाएको उल्लेख गर्दै अब राष्ट्रप्रमुखका रुपमा राजालाई ल्याउनु पर्ने प्रस्ताव गरेका हुन्।उनले गाउँमा नेताहरुजाँदा कुनचाहिँ चोर आएछ भन्ने गरेको र नेताहरुप्रति विश्वास गुमेको पनि उल्लेख गरे। यो पनि पढ्नुस काठमाडौ । राप्रपाका अध्यक्ष राजेन्द्र
लिङ्देनले राजनीतिक दलका नेता हरुले जनता वाट विश्वास गुमाएको बताएका छन्।उनले गाउँमा नेता जाँदा जनता ले चोर सम्झने गरेको टिप्पणी गरेका छन् । नेपाली कांग्रेसको महाधि वेशनको उद्घाटन सत्रमा भनाई राख्दै नेता लिङ्देनले देशको
राजनीति लिकबाहिर पुगेका नेताहरु सच्चिनुपर्ने बताए । उनले सरकार सरकारजस्तो, संसद् संसद्जस्तो र अदालत अदालत जस्तो हुन नसकेको बताए ।उनले भने,देशको राजनीति अहिले आम जनताको दृष्टिकोणमा लिकबाट बाहिर गएको देखिन्छ ।
सरकार सरकार जस्तो छैन । संसद् संसद्जस्तो छैन अदालत अदालत जस्तो छैन । यो सबैलाई ठिक लगाउने राजनीतिले हो । तर राजनीतिलाई ठिक ठाउँमा ल्याउने नेताहरूले विश्वास गुमा एको अवस्था छ ।’जनताले नेतालाई विश्वास गर्न छोडेको भन्दै विश्वास जित्ने काम गर्न पनि सुझाव दिएका छन् । उनले कांग्रेस
को महाधिवेशनलाई अवसरको रुपमा लिन पनि भनेका छन् । लिङ्देनले ले भने, ‘गाउँघरमा नेता लगेर कुनै एक ठाउँ वा चौतारोमा राखेर छिमेकीहरू बोलाउन जाँदा गाउँलेले नेताको नाम सम्झिँदैनन् । कुनचाहिँ चोर आएछ त्यहाँ भन्छन्।उनले
नेपालमा राजसंस्थाको आवश्यकता रहेको कुरा पनि छुटाएनन्। अब देशका राष्ट्र प्रमुखको रूप मा राजसंस्था, जनताले सोझै निर्वाचित गर्ने प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद्, सांसदले मन्त्री हुन नपाउने नयाँ व्यवस्था लागु गरेर जाऔँ’, लिङ्देनले भने। उनले काँग्रेसको १४ औँ महा धिवेशनको पूर्ण सफलताको पनि कामना गरे ।