ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

Loading

People’s News काठमाडौंको थापाथलीमा मिनी ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।आइतबार बिहान पौने ६ बजे थापाथलीबाट त्रिपुरेश्वर जाँदै गरेको बा २ ख ७३२७ नम्बरको मिनी ट्रकले विपरीत दिशाबाट आइरहेको बा २४ प ९३५९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । स्कुटर चालक काभ्रे घर भई काठमाडौं सीतापाइला बस्ने १९ वर्षीय सुजन सापकोटाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । दुर्घटनापछि उपचारको लागि उनलाई नर्भिक अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटरमा पछाडि सवार २२ वर्षीय आशिष हुमागाईको नर्भिक अस्पतालमै उपचार भइरहेको  छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त सिंहदरबारले घटनाको थप अनुसन्धान अघि बढाएको छ । श्राेत सेताेपाटी

Leave a Comment