घरमै गर्नुस पार्लर भन्दा राम्रो मेकअप

Loading

Peoples News : 

– घरमा मेकअप गर्दा आफूसँग उपलब्ध भएका सामग्रीहरू प्रयोग गर्न सकिन्छ । जस्तो दही, कागती, घिउकुमारी, मह आदिको प्रयोग गरेर पनि आफ्नो अनुहारलाई चम्किलो एवं मुलायम बनाउन सकिन्छ ।

द्धमेकअप रिमुभर घरमै बनाउन सकिन्छ । कटनमा बदामको तेल भिजाएर अनुहारको मेकअप पुछ्ने, त्यसपछि पानीले पखाल्ने । यसले छालामा चमक ल्याउँछ ।

– अहिले किराना पसलमा ओट्स किन्न पाइन्छ । ओट्समा दूध मिसाएर लेप बनाउने । अनुहारमा हल्का मसाज गर्दै उक्त लेप लगाउने र केही समयपछि पखाल्ने गर्नुपर्छ, अनुहार चम्किलो देखिन्छ ।

केशको स्याहार
– केश बलियो, मुलायम र लामो बनाउनका लागि सही जीवनशैली र खानपानको समेत आवश्यकता हुन्छ ।

– स्वस्थ केशका लागि पूरा निद्रा र तनावमुक्त दिनचर्या आवश्यक हुन्छ ।

– बदाम, जैतुन र क्यास्ट्रोलको तेल मिसाएर मसाज गर्न सकिन्छ ।

– अण्डाको सेतो भाग पनि केशमा लगाउन सकिन्छ ।

– केशका लागि मधुरो सूर्यको किरणको पनि आवश्यक हुन्छ ।

– खानामा नियमित रूपमा प्रोटिन समावेश गर्नुपर्छ ।

– केशको मसाज हल्का हातले गर्नुपर्छ । नत्र जरा कमजोर भएर केश झर्छ ।
– स्वस्थ केशका लागि सातामा दुईपटक नरिवलको तेलले मसाज गर्न सकिन्छ ।

– प्याजको रस केशको जरामा लगाउनाले चायाँ कम हुन्छ ।

Leave a Comment