बैंकिङ्ग क्षेत्रमा चरम तरलता अभाब

Loading

पिपुल्स न्युज बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तरलता अभावका कारण ऋणीले पैसा नपाउने अवस्था आउन नदिने प्रतिबद्धता जनाउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाजको कार्यक्रममा उहाँले प्राथमिकता प्राप्त क्षेत्र तथा उत्पादनशील व्यवसायमा बेंकहरुको लगानीका संकुचन नआउने उल्लेख गर्नुभयो ।

गभर्नर अधिकारीले मौद्रिक नीतिले कोभिड प्रभावित ब्यवसायलाई जोगाउन जोखिम लिएको भन्दै पुनर्कर्जा, पुनर्तालिकीकरण, पुनर्संरचना, ऋणले गर्दा लगानी बढेको बताउनुभयो । उहाँले बैंकहरुले निक्षेप कम उठाएर धेरै लगानी गरेका कारण तरलता बढेको े बताउनुभयो । उहाँले निक्षेप ७० अर्ब उठाएर ३५२ अर्ब रुपैयाँ ऋण गइसकेको बताउँदै यो सही कार्य नभएको र यसले समस्या उत्पन्न गराएको बताउनुभयो ।

उहाँले ऋण दिनु पर्ने ठाउँमा ऋण दिन नसक्ने अवस्था नआउने बताउँदे बैंकहरुमा रकम नभएर पैसा साट्न नपाउने भन्ने कुरा नहुने बताउनुभयो । उहाँले तरलताकै कारण ऋण लिन नपाउने नभई कर्जा प्रवाहमा केही कडाई भएउको उल्लेख गर्नुभयो ।

Leave a Comment