![]()
पिपुल्स न्युज : काठमाडौँ – करणी उधोग गरेको आरोपमा बागलुङको एक बैंकमा कार्यरत युवा पक्राउ परेका छन् । ३० वर्षीया एक महिलामाथी करणी गरेको आरोपमा प्रहरीले सेन्चुरी बैंक लि. बागलुङ शाखामा कार्यरत कमल प्रसाद बिनारीलाई पक्राउ गरेको हो ।

कैलालीको जोसिपुर गाउँपालिका वडा नम्बर १ घर भएका २९ वर्षीय बिनारीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले बुधबार पक्राउ गरेको हो ।
केही वर्ष पहिलेदेखि आफ्नै धर्म दिदी बनाएर तिहारमा भाईटिका लगाउँदै आएकी महिलालाई युवाले कात्तिक ३ गते करणी उद्योग गरेको भन्दै परिवारले उजुरी दिए पछि प्रहरीले पक्राउ गरेको हो । ती महिलाका पति बैदेशिक रोजगारीबाट केही दिन पहिला फर्किएका थिए ।
पीडित महिलाले कात्तिक १० गते प्रहरीमा उजुरी दिएपछि आरोपितलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक इकवाल हवारीले बताए ।