भ्रष्टाचार बिरुद्ध भगनी मलेठमा जनमत पार्टीद्वारा मशाल जुलुस र्याली प्रदर्शन ।

Loading

कार्तिक १० गते बुधबार ।
सप्तरी कैलाश माझी ।

पिपुल्स न्युज : सप्तरी जिल्ला, सप्तकोशी नगरपालिका वडा न १० र ११ को केन्द्र बिन्दुमा अवस्थित भगनी मलेठ चौकमा आज मिति २०७७-०७-१० गते बुधबार बेलुकाको समय करिब ६:३० बजे जनमत पार्टीका अध्यक्ष डा. सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय कार्यकारी समितिले घोषणा गरेको सताव्यापी आन्दोलनका कार्यक्रम अन्तर्गत आज सप्तकोशी नगरपालिका वडा नं. ११ का जनमत पार्टिको नेता तथा कार्यकर्ताहरुले मशाल जुलुस र्याली प्रदर्शन गरेका छन ।

गत बिहीबार संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुर कार्यालयका निमित प्रमुख राजेश कुशवाहालाई पार्टीका कार्यकताहरू लगायत स्थानिय जनता जर्नादनहरुले हिलो छ्यापेर नगर परिक्रमा गराएको भन्दै प्रहरीले जनमत पार्टीका १७ जना नेता तथा कार्यकर्ता विरुद्ध मुद्दा चलाएको थियो । सोही नेता तथा कार्यकर्ताहरुलाई अविलम्ब यथाशीघ्र निःशर्त रिहाईको माँग गर्दै भ्रष्टचारी तथा घुसखोरिलाइ खबरदारी गर्दै जनकपुरमा गिरफ्तार हाम्रो साथिलाई रिहा गर, साईकल चोर प्रदेश सरकार कुर्सी छोर, जनमत पार्टी जिन्दावाद, जनकारवाही जिन्दावाद, जनता राज जिन्दावाद, नेता राज मुर्दावाद, अत्याचारी सरकार मुर्दावाद, प्रदेश सरकार मुर्दावाद भ्रष्टाचार इन्जिनियर राजिनामा दे, डा. सि. के राउत जिन्दावाद, हाम्रो माग पूरा गर, किसानको क्षतिपूर्ति पूरा गर, लाउड स्पिकर हर्न छाप जिन्दावाद लगायतका नाराहरु लगाउदै पार्टीका नेता तथा कार्यकर्ताहरुले भगनी मलेठ चौकमा पैदल मशाल जुलुस निकाली र्याली प्रदर्शन गरेका छ्न ।

प्रदर्शन पश्चात भ्रष्टाचार बिरुद्धको यो संघर्ष मधेश बाट भ्रष्टाचार निर्मूल नभए सम्म अनवरत चलिरहने छ्न । मधेशमा बेटीको घरको पानि समेत नखाने चलन छ । तर मधेश बेचुआहरुले चेली बेटी को जाबो साइकल समेत खाए बालबच्चाको बिमा समेत छोडेन्न के न्याय प्रेमी मधेसी जनता अब पनि चुपलागेर बस्ने जस्ता प्रश्न गर्दै राज्य को निकायहरु बेकम्मा हुनसक्छ जनताको दरबारमा न्याय मरेको छैन जनकारवाही हुन्छ भन्दै सप्तकोशी नगरपालिकाका जनमत पार्टी नगर कमिटीका संयोजक जोनि कुमार माझीले बताएका छ्न ।

Leave a Comment