नेपाली राजनीति र कमाऊ धन्दा

Loading

Peoples News : काठमाडौं । करोडौं भ्रष्टाचारको गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनमा तानिएका प्रदेशका २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गर्दै मधेसमा आन्दोलन सुरु भएको छ ।

बुधबारमात्रै अख्तियारको क्षेत्रीय कार्यालय बर्दिबासले मुख्यमन्त्री कार्यालयमा वुधवार छापा मारेर भ्रष्टाचार अनियमिता भएका योजनाको फाइल लगेर छानविन थालेको छ ।

यसमा राष्ट्रिय एकता अभियानले मुख्यमन्त्री राउतको राजीनामा माग्दै विरोध सुरु गरेको हो । राजीनामा नदिए कडा आन्दोलन गर्ने चेतावनी पनि दिएको छ । अभियानले राजीनामा दिएर अख्तियारको छानविनमा सघाउन सुझाव पनि दिएको छ ।

‘प्रदेश २ को ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा कम्पनी नखुलाई किनिए ११ करोडका १७ हजार साइकल किनेर करोडौं अनियमितता गरेको भन्दै अख्तियार छानविनमा सक्रिय भएको हो ।

राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले विज्ञप्ति जारी गरेर भ्रष्टाचारमा लिप्त रहेका मुख्यमन्त्री राउतले राजीनामा दिएर छानविनमा सघाउन आग्रह गरेका छन् ।

‘संघीयतालाई धरापमा पार्ने किसिमले मुख्यमन्त्री राउत गद्दीले प्रदेशका मन्त्रीहरुलाई भष्ट्राचार गर्न प्रेरित गरेको र आफु पनि भ्रष्टार गर्न लिप्त रहेको नेपाली जनता माझ लुकेको छैन । आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापामारी केही कागजातहरु जफत गर्नुले यसलाई पुष्टि गर्दछ’ विज्ञप्तिमा भनिएको छ,  ‘प्रदेश सरकार भ्रष्ट रहेको कुरा राष्ट्रिय एकता अभियानले महिनौ देखी उठाउदै आएको सर्बविदितै छ  । यस्ता किसिमको गतिविधी गरी प्रदेश –२ का जनतालाई बदनाम र जनताको करबाट उठेको पैसाको दुरुपयोग भईरहेको राष्ट्रिय एकता अभियानको ठहर छ ।’

प्रदेश–२ का छोरीहरूलाई विद्यालय पठाउने उत्प्रेरित गर्ने उदेश्यले सुरु भएको ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रममार्फत वितरण भइरहेको साईकलमा अनियमितता भएको विषयलाई लिएर अख्तियारले छापा मारेको विषयमा सार्वजनिक हुनु दुःखदायी भएको अभियानले जनाएको छ । ‘अख्तियारले छानविन पुरा नगरेसम्म मूख्यमन्त्री लालबाबु राउत गद्दीको राष्ट्रिय एकता अभियान राजीनामा माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘गद्दीले राजीनामा दिई अख्तियारको छानबिनमा सहयोग गर्न अभियान आग्रह समेत गर्दछ । यदी राजीनामा नदिई अख्तियारको छानविनमा अवरोध पुर्याए राष्ट्रिय एकता अभियान चरणबद्ध रुपमा अन्दोलन गर्नेछ  ।’

Aviyan.jpg

Leave a Comment