वैतेश्वरमा २५ वर्षीय प्रभुशरणको इन्ट्री: कांग्रेसलाई युवामैत्री बनाउँदै नवीन उचाइमा पुर्याउन युवा नेतृत्व ।

Loading

रविन्द्र ढुंगेल: १४ औँ महाधिवेशनको काउन्टडाउन सुरु हुँदै गर्दा यतिबेला नेपाली कांग्रेसभित्र राजनीतिक सरगर्मी बढेको छ । पार्टी सभापतिदेखि केन्द्रीय समिति, प्रदेश, जिल्ला, पालिका हुँदै वडास्तरसम्म यतिबेला कांग्रेसलाई महाधिवेशनले छोपेको छ ।

विभिन्न स्तरमा निर्वाचन भइरहेका छन् । अब कांग्रेसले पाउने नेतृत्व कस्तो होला ? र, महाधिवेशनपछिको कांग्रेस कस्तो होला ? भन्ने प्रश्न जनमानसमा छ । त्यसो त कांग्रेस केन्द्रीय तहका नेताहरुलाई तल्लो तहका नेताले सुझाब पनि दिइरहेका छन् ।

महाधिवेशन भइरहँदा सधैँजसो युवा नेतृत्वको बहस चल्छ । युवाको परिपक्वताको कुरा गरिन्छ भने केस र दारी फुलेका मात्र हेरिनुहुन्न । जोसुकैको पनि नेतृत्व र विचारमा परिपक्वता देखिनुपर्यो । युवाका नाममा उच्छृंखल र उद्दण्ड युवालाई पनि ल्याउनुभएन भन्ने आम अपेक्षा अनुरुप नेपाली कांग्रेस वैतेश्वर गाउँपालिका दोलखाले सानै उमेरदेखि विद्यार्थी राजनीति एवं विभिन्न कालखण्डमा भएका निर्वाचनमा कांग्रेस नेतृत्वलाई विभिन्न कोणबाट सहयोग गर्दै कांग्रेसलाई उचाइमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेका प्रभुशरण मोक्तान जस्ता एक वैचारिक र सशक्त युवालाई उपसभापतिमा निर्वाचित गरेपछि नेपाली कांग्रेसप्रती आम युवा चासो बढ्न थालेको छ ।

सशक्त युवाहरु राजनीतिबाट वितृष्णा भएर पलायन भएको अवस्थामा प्रभुशरणको नेतृत्व साच्चै युवा अनुकुल र कांग्रेसको विचार अनुकुल हुनेमा धेरैको आशा छ । प्रभुशरण जस्ता क्षमता भएका युवाले राजनीतिलाई नै फेर्नसक्छन् । अब भने नेपाली जनताले खोजेको नेतृत्व, विचारको भिजन बोकेका युवाको नेतृत्व वैतेश्वरले प्राप्त गरेको छ । २५ वर्षिय प्रभुशरण जिल्लाकै कान्छो उमेदवारको चर्चा चुलिएको बेलामा कांग्रेसमा प्रभुशरणको उपस्थितिले कांग्रेसले वैतेश्वरमा जब्बर पिल्लर गाड्ने निश्चित छ ।

Leave a Comment