![]()
पिपुल्स न्युज : काठमाडौं : पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड -१९) संक्रमणबाट थप ४४ जनाको मृत्यु भएको छ। मंगलबारको तुलनामा कोरोनाबाट बुधबार ९ जना बढीको मृत्यु भएको हो। मंगलबार कोरोनाबाट ३५ जनाले ज्यान गुमाएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप २४ सय ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। एन्टिजेनबाट ६२० र पीसीआरबाट १८ सय ८२ जनामा संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार बुधबार १७ सय ८१ जना संक्रमणमुक्त भएका छन्। हाल सक्रिय संक्रमितको संख्या ३८ हजार २८७ रहेको छ ।
