आम आदमी पार्टीका केन्द्रीय अध्यक्ष अशोक यादबको प्रमुख आतिथ्यमा सिरहा जिल्लामा ३१ सदस्यीय जिल्ला कार्य समिति गठन भयो । जिल्ला कार्य समितिमा अध्यक्ष खुशीलाल यादब, उपाध्यक्ष पुरिन अन्सारी, सचिव पशुपति यादब, कोषाध्यक्ष रिम्पु यादबलगायत ३१ सदस्य रहेको छ । मधेशका ठूला पार्टी भनाउँदाहरुको मधेशको हक अधिकारप्रति कुनै चासो नरहेकोले जन समुदायमा व्यापक गुनासो थियो । मधेश आन्दोलनलाई नयाँ ढंगले नै अगाडि बढाउनु पर्ने जोश, जाँगर सबैमा अभिव्यक्त भई रहेको थियो ।
