![]()
Peoples News : अफगानिस्तानबाट मंगलबार दिउँसो नेपाल फर्किएका एक सय १८ जनाको एन्टिजेन परीक्षण गर्दा एकजनामा कोरोना पजिटिभ देखिएको छ । अन्य एक सय १७ जनाको रिपोर्ट नेगेटिभ आएको नेपाली सेनाले जनाएको छ । रिपोर्ट नेगेटिभ आएकाहरूलाई घर पठाइएको छ । पजिटिभ रिपोर्ट आएका एकजनालाई सेनाले सामाखुसीस्थित क्वारेन्टिनमा राखेको छ । सोही जहाजमा आठजना भारतीय नागरिक पनि थिए । उनीहरूलाई पनि सेनाले सामाखुसी क्वारेन्टिनमा लगेको थियो । उनीहरूको रिपोर्ट पनि नेगेटिभ आएको छ ।