![]()
//////शीर्षक ..! माक्सबादले समाज र समानतालाइ महत्व दिन्छ भने अनुशासित नेता समाजमा कस्तो हुनु पर्दछ .!//////
पिपुल्स न्युज : //देव कुमार पोखरेल//माक्सबादले कार्लमाक्सको बिचार पद्धतिलाई जनाउछ यसले कार्लमाक्सको बिचार पद्दतीको प्रतिबादकहरु हाम्रो कम्युनिस्ट पार्टीमा भएता पनि विश्व दृस्टीकोणमा नेपालमा नेताको फुर्तीफार्ति र मबाद घमण्डले आज हामी माक्सबादको कार्यकर्ता नभएर यजेन्ड मात्र भएका छौ ।माक्सबादलाइ सहि मार्गदर्शन गर्ने हो भने माक्र्सवादि बिचार धारमा धेरै स्रोतहरु रहेका छन ,दर्शनको छेत्रमा शास्त्रीय दर्सन, आर्थिक सिद्धान्तको छेत्रमा बैज्ञानिक समाजबाद यी सबै माक्र्सवादको एकताबद्ध रुप हो एउटा सिङ्गो मेल हो । तर यहाँ हामी उग्रवामपन्थी ब्यबिचारी शक्तिमा भिजेर हामी फसेका छौ । हाम्रो मार्ग दर्शन त्यो हैन हामी सैद्धान्तिक बैचारिक बिचारको राजनिती बाट आगाडी बढ्न सकेनौ र यथास्थितिबादी शक्तिले हाम्रो बिचार पद्धतिलाई नस्ट गर्दैछन ।
यसले सिङ्गो पार्टी र कार्यकर्तामा असर गर्दछ । हामिले पार्टी हैन ब्यक्ति हेर्नू पर्ने मा पार्टी हेरेउ र आज दुख पायौ , अब हामी सैद्धान्तिक, बैचारिक र पार्टी सिद्धान्त अनुरुप बिकासको मुलधारमा टेकेर राजनितिक मुलधारमा आउने योग्य नेता छानौ , यश कार्यले हाम्रो समाज बैज्ञानिक समाजबादका सिद्धान्त दार्सनिक बिचारबाट समाज अधि बढाउने दीर्घकालीन सोच भएका ब्यक्ती छानौ र पो समाज अघि बढ्छ । सहकारी सहमती सहकार्य एकता बाट बनेको एउटा ठोस पार्टी भित्र एकीकृत सिङ्गो बैज्ञानिक विश्व दृस्ठिकोणमा माक्सवाद के हो हामी को हो देखाउ । र पो बैचारिक सैद्धान्तिक राजनिती पनि सिकिन्छ । माक्सवाद एक मानबिय बिज्ञान हो । यसलाइ शोषण र उत्पीडित जनता सामु आफ्नो तर्क र सैद्धान्तिक बिचार प्रष्ट रुपमा राखौ र हामी कम्युनिस्ट हौ भन्ने कुराको आफ्नो अनुशासित रुपबाट प्रस्ट पारौ ।
हाम्रो समाजमा आफ्नो बिचार तर्क सम्बाद र सैद्धान्तिक बिचार धाराबाट समाज अगाडि बढाउने नेता त्यो महान पुरुष आजको समाजलाइ यो युगलाइ आबस्यक छ ,र हाम्रो समाज युवा बा आमा दाजु भाइले त्यो दृस्टिकोण लिएर आउने नेतालाइ सम्मान गर्नेछ । पार्टी ले पनि सपोर्ट गर्नेछ जसले संसारलाई फेर्न चाहन्छ त्यसले फेर्ने बैज्ञानिक तरिका पद्धतिलाई जान्नु बुझ्नु पर्दछ नेता भएर उग्र हैन यथास्थितिबादी हैन अनुशासित समाजिक नैतिक आदर्शबान सैद्धान्तिक बैचारिक बिचारबान ब्यक्ती हुन जरुरी छ के हामी यस्ता ब्यक्ती पार्टी भित्रबाट समाजलाइ दिएका छौ ? अनुशासन भनेको नियम पालना हो । प्रकृतिले त नियम पालना गरेको हुन्छ भने तपाईं हामीले नेता छान्दा नि यस्तै छानौ , विशाल समुन्द्र पनि आफ्नो निश्चित सिमामा अएको हुन्छ, गर्मि जाडो मौसम पनि नियम अनुसार चलेको हुन्छ भने नेता को हो ? तपाईं हामी को हो ? हावा हुरि रुख पनि आफ्नै नियममा चलेको हुन्छ, प्रकृतिको यस प्रकारको अनुशासनकै आडमा मानव जीवन अडेको छ यदि प्रकृति अनुशासनमा चलेन भने मानव जीवन नै संकटमा पर्दछ भने हामिले हाम्रो नेता अनुशासित छानेनौ भने हामी पनि संकट मा पर्दछौ जसरी आजभोलिको अबस्थामा भोगेको कुरा हो राजनितीक छेत्रमा अनुशासन हुनु अपरिहार्य छ राजनिती गर्नेहरु अनुशासित हिन हुनाले यसको असर आज सिङ्गो पार्टी रास्ट्र र सम्पुर्ण जनतामा पर्न गएको कुरा छर्लङ्ग छ ।
अब हामी अनुशासित जनप्रीय सैद्धान्तिक बैचारिक बिचार पार्टी पद्धति को अनुसरण गर्ने ब्यक्तिको समर्थनमा जादैछौ भने सम्झनुस अब समाज सुदृढीकरण तिर अकालो लाग्यो हामी २१ औ सताब्दिको माक्र्सवाद जनबाद र पार्टी सिद्दान्तलाइ अनुसरण गर्दै यिनै बुधामा टेकेर काम गर्ने नेता खोजौ र समर्थन गरौ , बिद्यार्थि जिबनमा अनुशासनको महत्त्व भएझै तपाईं हामिले छानेको नेता भित्र अनुशासन हुन जरुरी छ पार्टी भित्र पद खोजेर बस्ने र पार्टी भित्र चलखेल गरेर पार्टी बिभाजनमा ल्याउने लाई समाजबाट नै तिरस्कार गरौ , सैद्धान्तिक बैचारिक मार्गदर्शन नलिने उग्र राजनिती मबाद नाताबाद शैलिमा काम गर्ने नेता भनेको , लगाम बिनाको घोडा हो भनेर समाजमा चेतना फैलाउ जस्ले समाजमा केही गर्न सक्दैन उसको त जीवन जोखिम पुर्ण हुन्छ हुन्छ तपाईं हाम्रो नि जोखिमपूर्ण नै हुन्छ , तर सैद्धान्तिक बैचारिक तर्क सम्बाद राजनिती गर्ने नेताले सफलताको शिखर चुम्छ र त्यस्ता नेताको कार्यकर्ताले पनि एक दिन सफलताको शिखर चुम्छ ।
तपाईं आफू ब्यक्ती नभइ परिवार समाज पनि हो परिवार समाज हुँदै रास्ट्र र विश्वलाई समेत शिस्ट सभ्य र समुनत बनाउन सक्नु हुनेछ । जनताको आधार र अभिभावकत्व गर्नलाई तपाईं सुध्रिनु आबस्य छ परिबर्तनमा आउन जरुरी छ यसरी आउदा आफ्नो घर तपाइको घर मुल घरमा आउन कसैलाइ सोधी रहन आबस्यक पर्दैन जनताको नेता भएर जिबन बिताउदा तपाईं बीष भएको सर्प जस्तै हुनुस तपाइलाइ खोजी खोजि कसैले अप्ठेरोमा पार्दैनन किनकी तपाइमा बैचारिक सैद्धान्तिक बिष छ , हेर्नुस त सर्पमा बिष नभएको भए आज मनिसले खोजी खोजी अनेक उपाएर अपनाएर मारेर बिहान बेलुका सब्जी बनाएर खाने थिए बिष भएकै कारण आज सप्र बाच्न सफल छ । तपाईं माछा जस्तो चिप्लो सत्य युगमा सराप पाएर पानी मुनि बस्दा नि सुख छैन खोजी खोजी अनेक उपाएर अपनाएर जाल बल्छी करेन्ट लगाएर मारेर खान्छन , यश बाट राजनितिक ज्ञान सिक्न जरुरी छ कि हामी सर्प हुने कि चिप्ले माछा ?? सर्प लोप हुन बाट बचेको उसमा बिष भएर हो तपाईं लोप हुन बाट बच्न अब बैचारिक सैद्धान्तिक राजनुती भित्र भएर औषधि पत्ता लाउनुस ? कि म सर्प बन्ने कि माछा ??