![]()
पिपुल्स न्युज : पछिल्लो एक वर्षमा एक हजार नौ सय ८२ जना प्रहरी कारबाहीमा परेका छन् । भ्रष्टाचार तथा आपराधिक गतिविधिमा संलग्नता पुष्टि भएका २७ प्रहरीलाई सेवाबाट बर्खास्त र एक सय ६६ जनालाई नोकरीबाट हटाइएको छ । प्रहरी प्रधान कार्यलयका अनुसार बर्खास्त हुनेमा एक डिएसपी, दुई इन्स्पेक्टर, १३ असई, पाँच असइ, २३ हवल्दार, एक सय २६ प्रहरी जवान र आठ कार्यालय सहयोगीलाई सेवाबाट हटाइएको छ । सेवाबाट हटाइएका कतिपय राजीनामा नदिई सम्पर्कविहिन हुने प्रहरी पनि छन् । कतिपय त विदेशमा छन् । एक वर्षमा एक हजार एक सय पाँच प्रहरीलाई कारबाहीस्वरुप नसियत दिइएको छ । नयाँ पत्रिकाबाट