त्रिभुवन विश्वविद्यालयले जरूरी सूचना प्रकाशित गरेको छ । त्रिवि शिक्षाशास्त्र सङ्कायको अत्यन्त जरुरी सूचना जारी भएको हो । बि.एड तहको परीक्षा सम्बन्धी सूचना प्रकाशित भएको छ ।सूचनामा भनिएको छ, ‘यस संकाय अन्तर्गत सेमेष्टर प्रणालीमा आधारित बि.एड तह (आई.सि.टि.ई र एस.एन.ई) दोस्रो सेमेष्टरको २०७८ सालमा हुने नियमित तथा आंशिक परीक्षार्थीहरूको परीक्षा निम्नलिखित तालिकाअनुसार सञ्चालन हुने भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’
शिक्षाशास्त्र संकायका सहायक डीनले जारी गरेको सूचनमा थप कुराहरु पनि उल्लेख गरिएको छ ।
परीक्षा तालिकामा विषयहरु छुट्न वा जुध्न गएमा तुरुन्त यस मशाखामा जानकारी गराउनुहोला,
प्रयोगात्मक विषयको परीक्षा लिखित परीक्षा सकेको १५ दिन भित्र सम्पन्न गरी यस महाशाखामा पठाउनुपर्नेछ, परीक्षाकेन्द्र पछि प्रकाशित गरिनेछ ।