![]()
हनुमानढोका बहुउद्देश्यीय सहकारी संस्था एक यस्तो संस्था हो जसले हरेक बिपत्तिको समयमा भोकको पिडामा रहेका उपत्यकामा रहेका नागरिकहरुलाई खाना/पानी / खाद्यान्न तथा फलफूल वितरण गर्दै आइरहेको छ ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ रोकथाम तथा न्यूनीकरणका लागि स्थानिय सरकारले निषेधाज्ञाको घोषणा गरेसँगै उक्त सहकारी संस्थाले उपत्यकामा भोका रहेकालाई विगत ३५ दिनदेखि निशुल्क खाना तथा पानी वितरण गर्दै आएको हो ।
उक्त सहकारीले प्रत्येक दिन ३ सय जनालाई खाना तथा पानी वितरण गर्दै आइरहेको एचडी समुहका अध्यक्ष अश्मी भट्टराईले जानकारी दिए। यस संस्थाले काठमाण्डुको न्यूरोड महांकाल, ढल्कु, पचली भैरव आश्रम, स्वयम्भू, भद्रकारी, परोपकार लगायत विभिन्न स्थानमा खाना तथा पानी वितरण गर्दै आइरहेको छ ।
फोन सम्पर्कमार्फत समस्यामा परेकाहरुलाई चामल, नुन, तेल लगायत खाद्यान्न समेत घरघरमा पुर्याउँदै आइरहेको उनले बताए। यस सहकारी संस्थाले भुकम्प पीडित र बाढी पिडितहरु लाई पनि सहयोग गर्दै आइरहेको छ ।

Visitor Rating: 5 Stars