![]()
रवीन्द्र ढुंगेल :बागमती प्रदेशसभाको नीति तथा कार्यक्रमबारे छलफलमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य नरोत्तम बैद्यले संसदीय मर्यादा विपरीतको अभिव्यक्ति दिएको भन्दै सत्ता पक्षका नेता तथा भातृसंगठनहरुले उनलाई हदैसम्मको कारवाही गर्न माग गरेका छन् ।
यसैबीच आज वैद्यको बिरोधमा अनेरास्ववियु अमृत साइन्स क्याम्पस कमिटीले पनि लैनचौरमा घोर बिरोधको कार्यक्रमको आयोजना गरेको थियो जसमा अनेरास्ववियु केन्द्रीय कमिटि सदस्य कमल जोशि , अनेरास्ववियु अस्कल क्याम्पस कमिटि सचिव रुद्रहरि पोखरेल युवा सङ नेपाल केन्द्रीय कमिटि सदस्य धिरेन्द्र आचार्य लगायत १० जना अनेरास्ववियु अस्कलका नेतालाई नेपाल प्रहरीले गिरफ्तार गरेको छ ।
सांसद वैद्यले प्रधानमन्त्रीले आफ्नो सत्ता बचाउनका निम्ति विभिन्न किसिमको हतकण्डा अपनाइरहेको भन्दै नेपालको अहिलेको परिपेक्षमा नाथुराम गोड्से बन्नुपर्ने अभिव्यक्ति दिएका थिए । ‘नेपालको अहिलेको परिपेक्षमा खड्क ओलीलाई यसरी नै छाड्ने हो भने नेपाल खाइदिन्छ है, खाइदिन्छ है,’ वैद्यले भनेका थिए, ‘त्यसैले मेरो आग्रहचाँहि कोही नाथुराम गोड्से आवश्यक पर्यो है अब, यो देश बचाउनका लागि कोही नाथुराम गोड्से बन्न तयार छैन भने म बन्छु ?’ यसको चौतर्फी बिरोध भइरहेको छ ।

Visitor Rating: 4 Stars