साहस र त्याग नभएका नेपाली युवा कति योग्य ?

Loading

युवाहरु भन्नाले काम गर्न सक्ने उमेर समुहका ब्यक्तिलाइ बुझ्छु । नेपालको सन्दर्भमा भन्नुपर्दा १६ बर्षदेखि माथी ४० बर्षसम्मको उमेर समुहका मानिसहरु युवा अन्तरगत पर्दछन युवाहरु गतिशिल हुन्छन पहाड फोरेर हिरा निकाल्ने तथा समुन्द्रको गहिराइमा पुगेर मोति टिप्ने काम सम्म उनिहरु सजिलै गर्न सक्छ्न्न नेपाली युवाहरुमा नेपोलियनको जस्तो साहस हुन्छ बुद्धको जस्तो त्याग हुन्छ । भने हिटलरको जस्तो क्रुरता पनि हुन्छ ।त्यसैले देश र बिदेश दुबै ठाउमा युवाहरु आबस्यक हुन्छन ।कुनै पनि ब्यक्ति आफ्नो मुलुकको सिमाना बाहिर गएर काम गर्नुलाइ बैदेशिक रोजगारी बनिन्छ जुन नेपाली युवाहरुले गर्न बाध्य भएका छन । चिनको युवा सर्कुलरमा बिशेषता के छ भने आफू पश्चिमी मुलुक जस्तो बिकसित हुन चाहदैनन । आफू त आफ्नै चिनियाँ युवा भएरनै बिकाश र सम्पनता चाहन्छ ।चिनियाँ युवा पश्चिमी बिकासनोमुक देशको नक्कल गर्दै मानर्थ सदस्य हुन चाहदैनन ।

तर नेपालका युवाहरु नेपाल र नेपालिको माया चटक्क मारेर बिदेशी हुन बाध्य छन नेपालमा युवाहरु बिदेशीयर फर्के लगतै स्वदेशमै खर्चगरेर केही गरु भन्ने मनसाय पनि राख्दछन तर त्यसमा नेपाल सरकार र सरोकार वालाहरुले त्यति चासो देखाएको देखिन्न कारण रेबिडेन्स भित्रीएको नेपाललाइ फाइदा भएको बुझ्छन । यसबाट आन्तरिक पुजि त मौलाउला तर युवा पलाएन हुदा देशलाइ घाटा छ । बिदेशमा नेपाली युवाहरुको अमूल्य जीवन खेर गइरहेको छ ।

सके सम्म नेपाल सरकारले सानो काम र सानो कमाइ , मै संतुष्ट रहने मनस्थितिको बिकाश युवाबर्गमा बिकास गराउन आर्दछ । प्रमाणपत्रमा दिने शिक्षा भन्दा, ब्यबसाहिक शिक्षा र सीप मुलक तालिम दिन आबस्यक छ । साथै श्रमिकको श्रमलाई राज्यले सम्मान गर्नु पर्ने आबस्यक देखिन्छ । देश बिकासमा जब सम्म युवाहरुका माग र युवालाइ पछाडि पारेर राज्य चलाउछु भन्नू नै देश बिकासमा नजानु हो १२ बर्षको जनयुद्धमा नेपाली युवाहरुले दिएको त्याग बलिदान सम्झने हो भने युवाहरु बिना कुनै राज्यसत्तादेखी राजसस्था समेत समेत कायमै रहने थियो ।

यत्रो महान कार्य योग्दान पछि बेरोजगारी युवाले बेरोजगारी भत्ता पाउने नौटङ्की पनि रचियो यो कार्य पनि सेलायो युवालाइ भ्रममा पर्न विभिन्न नाटक रचियो जस्तै शैक्षिक प्रमाणपत्र धितो राखेर आर्थिक उन्नतलाई रकम दिने कुरोले झन शिक्षालाई बन्धक राखेर खाएको जस्तो देखियो यो सब भन्दा त कलकारखाना फ्याक्ट्री उद्घयोग संचालन मा ल्याएर सबै खाले युवाहरुलाइ रोजगार पाउने थिए । युवाहरु जुन सुकै पक्षका भएपनि देशका खम्बा हौ भन्ने भुल्नु हुन्न युवाहरुलाई लोभलालचा मा पारेर खुट्टा काटेर जुत्ता उपहार दिने पार्टी हामिले चिन्नु आबस्यक छ ।

सबै पार्टीले आफ्नो आफ्नो बिधानमा कति पर्षसम्म को ब्यक्ति उम्मेदवार हुनपाउने राष्ट्र प्रमुख हुन पाउने तोक्न आबस्यक छ । यसो गर्दा युवा बर्गबाट राज्य संचालन हुन आउँछ नया बिचार आउँछ नया जोस आउँछ । एक महान ब्यक्तिले भनेका छन कि बालक जब युवा बन्छ तब मान्छे बन्छ र आफ्नो लक्ष पूरा गर्छ र देशले पनि मुहार फेर्नेछ भनेका छन युवाले कुनै पनि सार्बजनिक काम जनहितको लागि हुने खालको गर्दैछन भने देशले सम्मान गर्नुपर्दछ ।

युवाले आफुलाइ इमानदार बनाउन बोलिमा कन्ट्रोल गर्न सक्नुपर्छ ।युवाले पार्टी हैन ब्यक्तिलाई चिनेर मत दिन पर्छ युवाहरुले पार्टी र सरकार लाई दोष दिनु भन्दा सानो भन्दा सानो काम किन नहोस आफ्नै कामलाई निरंतरता सस्थागत गर्दै समाज सेवामा युवाहरु लागेर उदाहरणिय ब्यक्ति बन्न सक्नु पर्दछ र आजको नया नेपाल र राज्यले खोजेको युवा पनि यस्तै हो । भन्दै युवाहरु बिनास हैन बिकासमा लागौ र अनुरोध गर्दछु । ..

 

देब कुमार पोखरेल तामाकोशी गाउपालिका वडा न ४ मालु ।

2 thoughts on “साहस र त्याग नभएका नेपाली युवा कति योग्य ?”

Leave a Comment