![]()
संविधान विरोधी अभिव्यक्तिप्रति १८ संघ संगठनको संयुक्त विज्ञप्ति
People’s News : काठमाडौं : उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिप्रति विभिन्न १८ संघ/संगठनले आपत्ति जनाएका छन्। संविधान अनुसार शपथ लिएर संविधान विरोधी अभिव्यक्ति दिएको भन्दै जसपाका वरिष्ठ नेता महतोको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन्।
महतोले बहुल राष्ट्रिय राज्यको स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलन तयारी गर्ने बताएकोप्रति उनीहरुले आपत्ति जनाएका हुन्। १८ संघ/संगठनले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै महतोको मनाइप्रति आपत्ति जनाएका हुन्। उनीहरुले यो अभिव्यक्ति फिर्ता लिएर जनतासँग माफी माग्न उप्रधानमन्त्री महतोसँग आग्रह गरेका छन्।
‘यो अभिव्यक्ति नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमान विरुद्ध रहेको हाम्रो छ। यो अभिव्यक्ति हाम्रो संबिधानको प्रस्तावना र संबिधानको धारा–३ विपरीत छ। संविधानको मर्म विपरित कुनै पनि काम नगर्ने शपथ खाएर संविधानको कार्यान्वयन गर्ने निकायमा पुगेको जिम्मेवार व्यक्तिबाट यस प्रकारको संविधान विरोधी र अराजक अभिव्यक्ति आउनु असाध्यै बिडम्बनापूर्ण छ’, विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ, संविधानको मुल मर्म विरुद्धमा आएको यस अभिव्यक्तिको घोर भत्र्सना गर्दै उपप्रधानमन्त्री महतोलाई तत्काल आफ्नो अभिव्यक्ति फिर्ता लिएर नेपाली जनतासँग माफी माग्न आग्रह गर्दछौं।’