भीषम परिस्थितिमा स्वास्थ सामग्री बाँडन समाजसेवी महतोको घर्दैलो अभियान :महेश सिंह

Loading

महा अभियानता घर घरमा पुगदै : भीषम परिस्थितिमा स्वास्थ सामग्री बाँडन समाजसेवी महतोको घर्दैलो अभियान

People’s news : महेश सिंह सिरहा लहान २० जेष्ठ सके सहयोग गरौ नसके घरमै सुरक्षित बसौ भन्ने मुलनारा का साथ कुशवाहा राहत सङ्कलन तथा बितरण महा अभियान ले शनिबार बिराटनगर महा नगरपालिका वडा नम्बर १ मा र सोमबार वडा नम्बर १२, १३ र १४ मा स्वास्थ सामग्रीमा, माक्स, सेनिटाईजर, हात धुने साबुन बितरण गरिएको छ । महा अभियान का सन्योजक गुनानन्द महतो को नेतृत्वमा स्वास्थ सामाग्री वितरण गरेका हुन् । उक्त अभियानमा महानगर समाजको वडा अध्यक्ष चनदन सिंह ,बब्लु मेहता, सुरेश महतो, राजेश महतोको सहभागिता रहेको थियो । हाम्रो वाडमा समाजको तर्फ बाट पहिलो चोटि स्वास्थ सामाग्री वितरण गरेका छन् । कुशवाहा राहत सङ्कलन तथा बितरण अभियानका अभियन्ता सुरेश महतोका अनुसार जीवनमा पहिलो चोटि महा अभियानमा आफु सहभागी हुदा खुसी भएका थिए ।

अर्का अभियन्ता राजेश महतोका अनुसार सेवा नै धर्म हो भन्दै सम्पुर्ण समाजका अगुवाहरुलाई अभियानमा सहभागी हुनुपर्ने बिचार राखेका थिए । उक्त स्वास्थ सामाग्री पाएपछी स्थानीयहरुले खुसी व्यक्त गरेका थिए । महा अभियानका सन्योजक गुनानन्द महतोले सामाग्री बाडदै चेतनामूलक सल्लाह सुझाबहरु दिएका हुन् । बिराटनगरमा यो कार्यक्रम पहिलो नै हो संयोजक महतोले बताउनु भयो । पहिलो चरणको कार्यक्रम लगत्तै दोस्रो चरणको कार्यक्रम संन्चालनमा ल्याउने बताए ।दोस्रो चरणमा खाद्यान्न सामाग्री हरु जस्तै चमल, दाल, नुन, तेल र आलु महानगर मा करिब ४० देखि ५० गरिब तथा अति बिपन्न घरमा बितरण गर्ने योजना रहेको छ समिती सदस्य मङ्गल महतोले जानकारी दिनु भयो ।

साथै पहिलो चरण को कार्यक्रम (स्वास्थ सामाग्री) सुनसरी को भोकराहा नर्सिङ गाउँपालिका बाट सुरु गर्ने योजना रहेको छ । सप्तरीमा पनि अभियानको भब्य तयारीमा जुटेका छन । कुशवाहा राहत सङ्कलन तथा बितरण महा अभियानका अभियन्ता सदस्य रामनारायण मेहताले जनाए । कुशवाहा राहत सङ्कलन तथा बितरण महा अभियान सन्योजक गुनानन्द महतो का अनुसार यो विषम घडिमा सबैको साथ सहयोगको खाँचो रहेको कुरामा जोड दिएका थिए । अभियानका संयोजक गुनानन्द महतोले जानकारी दिनु भयो ।

Leave a Comment