![]()
People’s News : पोखरा : पोखराको सबैभन्दा ठूलो पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन अभावले ६ जना संक्रमितले ज्यान गुमाएका छन् । आपूर्तिभन्दा बिरामीको माग धेरै हुँदा अक्सिजन नपाएर बिरामीले ज्यान गुमाएका हुन् । एकजना संक्रमितका आफन्तले अक्सिजन सकिएपछि बिरामीलाई अक्सिजन नलगाइदिएको मृतक सुत्केरीका आफन्तले बताएका छन् । ‘९ बजे अक्सिजन सकियो, लगाउँदै लगादिएनन्,’ उनले भने, ‘अक्सिजनै सकिएर त लगाउँदै लगाइदिएनन् । अस्पतालमा अक्सिजन सकिएपछि अक्सिजन उद्योगमै लिन जाँदा पनि नपाएको उनले बताए ।
कालीगण्डकी अक्सिजनका कालिदास सुवेदीले अक्सिजन लिन आएका व्यक्ति आफन्तको मृत्यु भइसकेको भनेर फर्किएको बताए । ‘हामी सानो सिलिन्डर दिँदै थियौं, सिलिन्डर निकालेर बरन्डामा निकाल्दै थियो, उहाँलाई उता (अस्पताल) बाट फोन आयो र फर्किनुभयो,’ उनले भने । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका अक्सिजन फोकल पर्सन विमल बरालका अनुसार हाइफ्लो अक्सिजन चाहिने बिरामी अत्यधिक बढेको जानकारी दिए । ‘हाइफ्लो अक्सिजन १५ जना जतिलाई दिन पुग्ने सुविधा हो, तर हाइफ्लो दिनुपर्ने बिरामी नै धेरै हुनुभएको छ,’ उनले भने । बरालका अनुसार अस्पतालमा दैनिक साढे ३ सय सिलिन्डरसम्म अक्सिजन दैनिक खपत हुँदै आएको जानकारी दिए । अन्नपुर्ण पोष्टबाट