संक्रमित कुल संख्या ५ लाख ४२ हजार २५६ : स्वास्थ्य मन्त्रालय

Loading

पिपुल्स न्युज सप्तरी/कैलाश माझि/२०७८ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ४१४ जनालाई पिसिआर परिक्षण गर्दा ६ हजार ७३१ जनालाई कोरोना पोजिटिभ देखिएको छ । भने ५७८ जनाको  एन्टिजेन परिक्षणमा २०८ जना गरि पछिल्लो २४ घण्टामा ६ हजार ९३९ जना नया संक्रमित भएका छ्न । भने पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमनमुक्त हुनेको संख्या ७ हजार २२६ पुगेका छ्न ।
त्यसै गरि हाल सम्म नेपालमा कोरोना भाइरस संक्रमित भएको कुल संख्या ५ लाख ४२ हजार २५६ पुगेका छन । जसमध्ये १ लाख १६ हजार ४७६ जना हाल संक्रमित रहेका छन । जसमा संक्रमितमध्ये १ लाख ८ हजार ६२६ जना होम आइसोलेसनमा छ्न भने ७ हजार ८५० संस्थागत आइसोलेनमा र १ हजार ६४५ जना आइसियुमा रहेका छ्न । त्यसैगरी ४५७ जना भेन्टिलेटरमा रहेका छन् । र १ हजार ९ जना क्वारेन्टाइनमा रहेका छ्न । भने पछिल्लो २४ घण्टामा कोरोना भाइरस बाट संक्रमित भएर १०६ जनाको मृत्यु भएका छ्न । यस सँगै हाल सम्म नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हेनेको संख्या ६ हजार ९५१ पुगेका छ्न ।

Leave a Comment