काभ्रेमा कोरोना सम्बन्धि स्वास्थ्य साम्रगी बितरण : पिटर खालिङ्ग

Loading

पिपुल्स न्युज/रिपोर्ट : पिटर खालिङ्ग । २०७८/२ बुधबार : काभ्रे जिल्ला धुलिखेल देबीटार वार्ड नं. १ मा पुर्व आईजिपि सर्वेन्दर खनाल र पत्रकार रबि लामिछानेको सहयोगमा जन्ताहरु लाई माक्स, सेनिटाईजर , फेस सिल, साबुन, पन्जा र स्वास्थ्य सामाग्री हरु बितरण गर्न सामाजिक अभियन्ता ज्वाला सङ्रौला को नेतृत्वमा देबिटारका गाबिस अध्यक्ष लाई उक्त सामाग्री हस्तानतरण गरिएको छ । उक्त ठाउँ सम्म जानको लागि यातायत को ब्यबस्था रबि लामिछाने को समूह बाट ग्यालेक्सी 4K टिभिको भ्यान उपलब्ध गराईएको थियो ।

उक्त गा.बि.स.का जन्ताहरु ले काठ्मान्डौबाट आएका सामाजिक अभियन्ताहरु प्रती खुसी प्रकट गर्दै सम्मान समेत गरेका थिए । पत्रकार रबि लामिछाने, पुर्व आईजिपि सर्वेन्द्र खनाल, समाज सेवि ज्वाला सङ्ग्रौला, समाज सेवि सर्मिला वाईवा र समाज सेवि हेमराज थापा सहित सम्पुर्ण टिम प्रती उक्त गा.बि.स.का जन्ताहरु ले आभार प्रकट गरेका थिए ।

भिडियो हेर्नका लागि लिङ्कमा क्लिक गर्नुहोस

Leave a Comment