पिएम ओली नै देशको आगामी प्रधानमन्त्रिको रुपमा चयन

Loading

People’s news : कामाडौं : नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते बहुमतीय सरकार गठनका लागि गरेको आह्वान अनुसार कसैको दाबी नपरेपछि ओली पुनः प्रधानमन्त्री नियुक्त भएका हुन्।  वैशाख २७ गते संसदबाट विश्वासको मत लिन नसक्दा पदमुक्त भएका ओली तीन दिनमै पुनः प्रधानमन्त्री बनेका हुन्।

राष्ट्रपति भण्डारीले ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा (३) बमोजिम प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्यहरू भएको दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलका नेता ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन् ।

प्रधानमन्त्रीसहित केही मन्त्रीको पद तथा गोपनीयतको शपथ ग्रहण भने शुक्रबार हुनेछ। राष्ट्रपति कार्यालयले त्यसको तयारी थालिसकेको छ।

फुटको संघारमा पुगेको नेकपा एमालेको विवादमाथि बिहीबार सकारात्मक छलफल भएपछि विपक्षी गठबन्धन सरकार गठनको दाबीबाट पछाडि हटेपछि ओली पुनः प्रधानमन्त्री बनेका हुन्।

प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच बिहीबार दिउँसो करिब चार घण्टा  बूढानीलकण्ठमा छलफल भएको थियो। पार्टीलाई २०७५ जेठ २ मा फर्कने वातावरण बनाउनका निम्ति कार्यदल बनाएर अगाडि बढ्ने र फागुन २८ गतेको निर्णय फिर्ता गर्ने विषयमा सहमति भएपछि एमाले फुटबाट जोगिएको हो।

दुई नेताबीच कार्यदल बनाएर यो विषय टुंगो लगाउने सहमति भएको छ। ओली र नेपालको सहमतिपछि कांग्रेस, माओवादी र जसपा उपेन्द्र यादव समूहले विपक्षी गठबन्धनको तर्फबाट प्रधानमन्त्रीको दाबी नगरेपछि ओली पुनः प्रधानमन्त्री बनेका हुन्।

ओलीले बिहीबार मुलुकको ४२ औं प्रधानमन्त्रीका रुपमा नियुक्त भएका हुन्न्। २४ असोज ०७२ मा संसद्‌बाट पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित ओली २ सय ८७ दिन सिंहदरबार बसेका थिए। कांग्रेस र माओवादी केन्द्रले संसद्‌मा आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि ९ साउन ०७३ मा प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए। पछिल्लो पटक भने संसद्‍मा विश्वासको मत लिन नसक्दा ओली पदमुक्त भएका हुन् ।

ओलीको राजनीतिक पृष्ठभूमि
– तेह्रथुमको इवा-२ मा २००८ साल फागुन ११ मा जन्म- रणामति-६, झापामा बसाइँ सरेपछि सक्रिय राजनीतिमा संलग्न
– हाल अनन्तलिंगेश्वर-२, बालकोट भक्तपुरमा स्थायी बसोबास
– २०७२ असोज २४ मा पहिलो पटक प्रधानमन्त्री
– २०७३ साउन २० मा राजीनामा
– २०७४ फागुन ४ गते दोस्रो पटक प्रधानमन्त्री नियुक्त
– २०७८ वैशाख २७ गते विश्वासको मत लिन नसक्दा प्रधानमन्त्री पदमुक्त
– पहिलो कार्यकालमा साढे चार महिना लामो भारतीय नाकाबन्दी
– चीन भ्रमण गरी यातायात-पारवहनमा द्विपक्षीय सम्झौता
– मनमहोन अधिकारी नेतृत्वको सरकारमा गृहमन्त्रालयको जिम्मेवारी
– गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उपप्रधान तथा परराष्ट्रमन्त्री
– २०७१ असारमा एमालेको नवौं महाधिवेशनबाट पार्टी अध्यक्ष
– २०७० माघ २१ मा पार्टी संसदीय दल नेता
– दोस्रो निर्वाचनमा झापा ७ बाट निर्वाचित
– २०४८ र २०५१ मा झापा ६ बाट प्रतिनिधिसभामा निर्वाचित
– २०५६ मा झापा २ र ६ बाट निर्वाचित-
-२०७४ मा झापा ५ बाट प्रतिनिधिसभामा निर्वाचित
– २०२७ को झापा विद्रोहमा सहभागी
– ‘जनताको बहुदलीय जनवाद’ निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह
– २०२५ मा विद्यार्थी फाँटको फ्र्याक्सन कमिटीको नेतृत्व
– २०२६ मा संगठित सदस्यता लिँदै माक्र्सवादी अध्ययन दलमा संगठित
– २०२६ मा कम्युनिस्ट पार्टीको उपसचिवको जिम्मेवारी
– २०२७ वैशाखमा नेपाल कम्युनिस्ट पार्टी र पूर्वकोसी प्रान्तीय कमिटीको एकीकरणको नेतृत्व
– २०४४ पुस २ मा नेकपा (माले) को केन्द्रीय कमिटी सदस्य
– २०४६ मा नेकपा (माले) लुम्बिनी अञ्चल प्रमुख
– २०४७ जेठ १ मा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको संस्थापक अध्यक्ष
– २०४९ देखि २०७१ असारसम्म एमाले स्थायी कमिटी सदस्य
– २०२९ सालमा नेपाल कम्युनिस्ट पार्टी झापा आन्दोलन कमिटी प्रमुख
– पञ्चायतविरोधी र प्रजातान्त्रिक आन्दोलनमा पटक पटक कारागार
– २०२७ फागुन १६ मा झापाबाट गिरफ्तारी
– २०३० असोज २३ देखि लामो कारागार जीवन
– २०३० मंसिर ८ मा भद्रगोल जेल चलान
– २०३६ जेठमा केन्द्रीय कारागार नख्खुबाट मुक्त
– २०३७ मा गिरफ्तार भई २०४४ असार ११ मा भद्रगोल कारागारबाट रिहा
– तत्कालीन राजा ज्ञानेन्द्रको २०६१ माघ १९ को कदमपछि नजरबन्दमा

Leave a Comment