कोभिड : बिरामीका आँखा बिगार्ने घातक ‘कालो ढुसी’

Loading

People’s News : शनिवारको एउटा बिहान मुम्बईका एक नेत्र शल्यचिकित्सक डा. अक्षय नायर तीन हप्ताअघि कोभिड-१९ बाट निको भएकी एकजना २५ वर्षीया महिलाको आँखामा शल्यक्रिया गर्ने प्रतीक्षामा थिए । अस्पतालको शल्यक्रिया कक्षमा ती डाइबेटिक बिरामीको एकजना नाक, कान, घाँटी विशेषज्ञ चिकित्सकले पहिले नै जाँच गरिरहेका थिए ।

उनले नाकबाट एउटा नली पठाएर एक प्रकारको दुर्लभ तर खतरनाक ढुसी सङ्क्रमण म्युकोर्माइकोसिसबाट प्रभावित तन्तुहरू हटाइरहेका थिए । यो उग्र प्रकृतिको सङ्क्रमणले बिरामीका नाक, आँखा र कहिलेकाहीँ मस्तिष्कलाई पनि असर गर्छ । ती विशेषज्ञले आफ्नो काम सकेपछि डा. नायरले ती महिलाको आँखा निकाल्ने काम गर्नेछन्। उनले भने,” मैले यी बिरामीको ज्यान जोगाउन उनको आँखा झिक्नुपर्नेछ। यो रोग यति विघ्न खतरनाक छ ।

भारतमा कोभिड-१९ को घातक दोस्रो लहर चर्कँदै गर्दा चिकित्सकहरूले ‘कालो ढुसी’ भनिने एउटा दुर्लभ प्रकृतिको सङक्रमण कोभिड-१९ बाट निको भएका बिरामीहरूमा बढ्दो रूपमा देखिएको बताइरहेका छन् ।

Leave a Comment