![]()
पिपुल्स न्युज : भारतमा विगत २४ घण्टामा तीन लाख १४ हजार आठ सय ३५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । यो संसारको कुनै पनि देशमा एकै दिन सङ्क्रमण पुष्टि भएको सबैभन्दा ठूलो सङ्ख्या हो । बुधवार नै भारतमा २,१०४ जनाको सङ्क्रमणसम्बन्धी कारणले मृत्यु भएको छ जुन त्यहाँ भएको दैनिक सर्वाधिक मृत्यु हो । योसँगै भारतमा कुल सङ्क्रमण सङ्ख्या लगभग एक करोड ६० लाख पुगेको छ जुन अमेरिकाको लगभग तीन करोड १९ लाखभन्दा मात्रै कम हो । भारत कोभिडको घातक दोस्रो लहरमा परेको छ र त्यहाँ भएको अक्सिजनको कमीले बिरामी थेग्नै नसकेको स्वास्थ्य सेवालाई झन् प्रभावित बनाएको छ । को उच्च न्यायालयले समेत अक्सिजनको कमीलाई लिएर सरकारको आलोचना गरेको छ । छ निजी अस्पतालका मालिकहरूले दर्ता गरेको मुद्दाको फैसलामा भनिएको छ: “यो हास्यास्पद छ। हामी भारतभर अक्सिजन आपूर्ति गर्न केन्द्रले के गरिरहेको छ भनेर जान्न चाहन्छौँ । अदालतले सरकारलाई उद्योगबाट अस्पतालसम्म अक्सिजन पुर्याउन सुरक्षित मार्ग प्रदान गर्न आदेश दिएको छ । भारतभर अक्सिजन कुर्दाकुर्दै मानिसहरूको मृत्यु भएको विवरण आएका छन्। यसरी मृत्यु हुनेको यकिन सङ्ख्या भने पत्ता लाग्न सम्भव छैन । कोभिड-१९ भारतः ‘हामीले पहिला नदेखेको कोरोना भाइरस सुनामी भारतका मुख्य सहरका अस्पताल बाहिर बिरामीको घुइँचो लागेको छ र स्वास्थ्य सेवा असहज बनेको छ ।
25142
यसैबीच अति प्रभावित महाराष्ट्र राज्यका अधिकारीहरूले बिहीवार बेलुकीदेखि लागु हुने गरी थप प्रतिबन्धहरू लगाएका छन् । एप्रिल १४ देखि आंशिक लकडाउनमा रहेको महाराष्ट्र भारतको सबैभन्दा धनी राज्य हो र यो कोभिड सङ्क्रमणको केन्द्र पनि हो। त्यहाँ भारतका कुलमध्ये एकचौथाइ सङ्क्रमण पुष्टि भएको छ । मुम्बई रहेको महाराष्ट्रमा हालसम्म ६७ हजारभन्दा बढीको ज्यान कोरोनाभाइरसका कारण गएको छ। भारतभर मृत्यु हुनेको सङ्ख्या एक लाख ८० हजारभन्दा केही बढी छ । भारतमा हालैका दिनका स्वास्थ्य सावधानी नअपनाएको, लाखौँ जम्मा भएको हिन्दू मेला र भाइरसको म्युटन्ट भेरिअन्टका कारण सङ्क्रमण धेरै बढेको मानिन्छ । पश्चिम बङ्गालमा निर्वाचन भइरहेको छ र त्यहाँ प्रधानमन्त्री नरेन्द्र मोदीको दलसहित अन्य दलका ठूला जुलुस रोकिएका छैनन्। बिहीवार त्यहाँ छैटौँ चरणको मतदान हुँदै छ । भारतमा हालसम्म एक अर्ब २० करोड कोभिड खोपको मात्रा दिइसकिएको छ। तर त्यो आवश्यक गतिमा नभएको विज्ञहरूको भनाइ छ । मे १ देखि त्यहाँ १८ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप दिइँदै छ।