कोरोनासँग लडिरहेका अभिनेता सतिश कौलको निधन

Loading

पिपुल्स न्युज : कोरोना भाइरससँग लडिरहेका महाराष्ट्रका दिग्गज अभिनेता सतिश कौलको शनिबार निधन भएको छ । कौरकी बहिनी सत्या देवीले उनकोे निधनको पुष्टिगरेकी हुन् । उनले इन्डियन एक्सप्रेसलाई भनेकी छन् , पछिल्लो ५–६ दिनदेखि उहाँलाई ज्वरो आइरहेको थियो । त्यसैले बिहीबार उहाँलाई हामीले श्री रामा च्यारिटेबल अस्पताल भर्ना गरायौँ । अस्पताल भर्ना गराएपछि हामीले थाहा पायौँ  उहाँलाई कोरोना संक्रमण भएको रहेछ । उहाँको पार्थिव शरीरको आइतबार नै अन्त्येष्टि गरिएको छ । गत वर्ष मिडियासँग कुरा गर्दै कौलले देशव्यापी लकडाउनका कारण आर्थिक पीडामा परेको बताएका थिए । उनले भनेका थिए म औषधि, ग्रोसरीलगायत आधारभूत आवश्यकताहरुका लागि पनि संघर्ष गरिरहेको छु । म इन्डष्ट्रिका मानिसहरुसँग मलाई सहयोग गर्न अपिल गर्छु । मैले अभिनेताका रुपमा धेरै माया पाएको छु । अब भने एक मानवको रुपमा केही सहयोग चाहन्छु । ७४ वर्षीय कौलले पन्जाबी, हिन्दी गरी ३०० चलचित्रमा काम गरेका छन् । उनका चर्चित धारावाहिक टेलिशृंखला ‘महाभारत’मा भगवान् इन्द्रको भूमिकामा थिए । ७० को दशकमा अभिनय करियर सुरु गरेका कौलको ‘राम लखन’, ‘प्यार तो होना हि था’ ‘अन्टि नम्बर १’ बलिउडका चर्चित चलचित्र हुन् । 

0 thoughts on “कोरोनासँग लडिरहेका अभिनेता सतिश कौलको निधन”

Leave a Comment