![]()
People’s News Kailash Majhi/saptari : २८ चैत गृह मन्त्रालयले राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तिलाई हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्नुभएका विभूषणमा कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नयाँ नक्सा अंकित नभएको विषयमा जताततै समाजिक संजालमा आलोचना भए पछि गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । बिभुषणको छपाइ पोहोर साल नै भएकोले अहिले बिभुषणमा नयाँ नक्सा राख्न पाइएको छैन २०७६ असोज ३ गते संविधान दिवसको अवसरमा घोषणा भइ २०७७ बैशाख १ मा बितरण गर्ने योजना अनुसार तयार गरिएका कारण बिभुषणमा अहिले नयाँ नक्सा राखिएको छैन । कोभिड १९ को कारण २०७७ बैशाख १ मा वितरण हुन सम्भव नभएकोले हाल सुशोभन भएको हो । साथै नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा लागू भए पछि सोही बमोजिमको बिभुषणमा नया नक्सानै रहने छन भन्दै गृह मन्त्रालयले बिज्ञापती जारी गरि सम्बन्धित सबैमा जानकारी गराएका छ्न ।