![]()
People’s News : सरकारले कोभिड-१९विरुद्धको चिनियाँ खोप ‘भेरोसेल’ यहीँ चैत २५ गतेदेखि लगाउने निर्णय गरेको छ। चीन सरकारले नेपाललाई अनुदानस्वरुप उपलब्ध गराएको कोभिड-१९विरुद्धको ८ लाख डोज खोप चैत २५ गतेदेखि लगाउने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ‘यो खोप अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरुका साथसाथै हिमालय सीमापार व्यापार गर्ने व्यापारीहरु, चीन सरकारको छात्रवृत्तिमा चीनमा अध्ययन गर्ने वा अध्ययनमा जाने तयारीमा रहेका विद्यार्थीहरुलाई दिइने मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए । प्रवक्ता गौतमका अनुसार कोरोनाविरुद्धको खोप ९ लाख मानिसलाई लगाउने योजना सरकारको रहेको छ। जसमध्ये हालसम्म ५ लाखलाई खोप लगाइसकिएको छ भने बाँकी ४ लाखलाई यो ‘भेरोसेल’ खोप लगाउने उनले बताए ।