![]()
गर्भवती महिलाहरुलाई पौष्टिक आहार वितरण ।
Peoples News : महेश सिंह सिरहा लहान : नेपाली काङ्ग्रेस का महासमिति सदस्य महेश चौधरी र महिला संघ की केन्द्रिय सदस्य संगिता कार्माचार्य द्वारारा २१ जना गर्भवती महिलाहरुलाई पौष्टिक आहार खाद्यान्न सामग्रीहरु वितरण गरेका हुन । लहान नगर पालिका १५ का वडा अध्यक्ष तेज नारायण चौधरी को रोहवरमा सामग्री वितरण गरेका छन् । सम्बन्धित वडा का महिला निर्वाचित जन प्रतिनिधि राम कुमारी दास लगायत समाजका सयौं ब्यक्तीहरुको वितरण कार्यक्रममा सहभागीता रहेको थियोे । समाजसेबीद्वय का अनुसार बालबालिका भोलिको लागि देशका कर्ण धार हुन् । गर्भ भित्र रहेको बच्चा अपाङ्ग कुपोशित न होस भने उदेश्यले उक्त सामग्री वितरण गरेका छ । राहत पाउदै स्थानीय खुशी हुँदै सहयोगी हात चौधरी र कार्माचार्य लाई धन्यवाद दिएका थिए । लहान १५ का मेनहर्वा ,सोभापुर ,लगराहा ,बिरनगर , मोहनपुर लगायतका जम्मा २१ जना महिलाहरुलाई पौष्टिक आहार वितरण गरेका छन् । राहत सामग्रीमा चामल १० किलो दाल १ किलो,नुन १ पोका चना १ किलो,चिनी १ किलो र खाने तेल १ पोका वितरण गरेका छन् । उक्त सामाग्री एपोलो ॐ सेकेन्डी स्कुल लहानले सामाग्री उपलब्ध गराएका हुन । पछिल्लो समय उनले सोही वडामा ४ पल्ट राहत वितरण गरीसकेका छन् । स्थानीय सरकार लाई गरीब र असहाय जनता प्रति निर्दै नै भएको स्थानीय एक पीडित ले गुनासो गरेका छन् ।
