सिराहामा चौधौं गोलबजार मेयर गोल्ड कप २०७७ को भव्य आयोजना : महेश सिंह सिरहा

Loading

महेश सिंह सिरहा

लहान २२ फाल्गुन सिरहाको गोलबजार नगर पालिकामा चौधौं गोलबजार मेयर गोल्ड कप २०७७ सुरु भएको छ । पालिकाको उपमेयर रेशम थापा को अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा गोलबजार नगरपालीकाको मेयर देबनाथ साह को प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । विशिष्ट अतिथिमा प्रमुख जिल्ला अधिकारी प्रदीप राज कडेल र चोहर्वा बाहिनीपति सहायक रथी हेम राज केसी लगायत सयौं अतिथिहरुको सहभागीता रहेको थियो । स्वास्थका लागी खेल कुद राष्ट्रका लागि खेलकुद मुलनाराको साथ खेल सुरु गरेको हो । कार्यक्रम को संचालन कसम लामा ले गरेका थिए भने खेलका अध्यक्ष संजित लामा ले बताए । सिरहा, सप्तरी र धनुषाको सब भन्दा ठुलो पुरुस्कारको खेल गोलबजारमा हुने भएको स्थानीय ले बताए ।

प्रथम पुरुस्कार नगद ४ लाख ४ हजार ४ सय ४४ रुपैया र दोस्रो पुरुस्कार २ लाख ७५ हजार ५ सय ५५ पचवंन रुपैया रहेको छ ।

खेल २१ गते देखि सुरु भएको छ भने २८ गते फाईनल खेल हुने भएको छ उक्त खेलमा ८ वटा टिम भाग लिएको छ । सुरुको खेल काठमाडौं त्रिभुवन कलब र जलथल फुटबल कलब झापा बीच प्रतिस्पर्धा हुने भएको आयोजक ले बताउनु भयो । खेल हेर्न हजारौं दर्सकहरुको भिड रहेको थियोे । खेल स्थलमा डसटबिन र सौचालयको ब्यबस्था नरहेको देखिएको छ । जथाभावी दिसापिसाब गर्दा महामारीको रुप लिने जोखिम रहेको छ । खाने पानि, सौचालय र फोर को लागी डसटबिन समेत न रहेको हो गोलबजार नगरपालिकाले अबिल यो कुरामा ध्यानाकर्षण होस र महामरीको जोखिमबाट बच्न स्थानीयले आग्रह गरेको छ ।

Leave a Comment