कोरोना खोप बारे बिश्वको अवस्था कस्तो ? : रामबाबु सिंह प्रदेश नं. २

Loading

रामबाबु सिंह प्रदेश नं. २

कोभिड खोप वितरणबारे अहिले सबै जनाको मनमा उत्पन्न हुने प्रश्न हो- मेरो पालो कहिले आउँछ ? केही देशहरूले स्पष्ट लक्ष्य राखेका छन् तर बाँकी विश्वको अवस्था अस्पष्ट छ। उसोभए हामीलाई अहिलेसम्म के थाहा छ ? 

कोभिड-१९ को खोप लिनु भनेको जीवनमरणको सवाल हो । यसमा जटिल वैज्ञानिक प्रक्रियाहरू, बहुराष्ट्रिय कम्पनीहरू, कैयन् विरोधाभासपूर्ण सरकारी वाचा र कर्मचारीतन्त्र तथा नियमका जालो जोडिएका छन्। त्यसैले कहाँ कसले कतिखेर खोप पाउलान् भनेर भनिहाल्न कठिन छ । यो विषयमा इकोनमिस्ट इन्टेलिजेन्स यूनिट (ईआईयू) को ग्लोबल फोरकास्टिङका निर्देशक अगाथे डेमाराइसले यसबारे विस्तृत अध्ययन गरेकी छिन् । ईआईयूले विश्वको खोप उत्पादन क्षमताका साथै खोप वितरणका लागि आवश्यक स्वास्थ्य पूर्वाधार अनि देशअनुसारको जनसङ्ख्या र खोप किन्न सक्ने क्षमता हेरेको छ । यसको मुख्य निष्कर्ष धेरैले सोचे जस्तै धनी र गरिबको सवालमा खोप वितरण भर पर्छ भन्ने नै छ । यूके र अमेरिकालाई खोप आपूर्तिमा कुनै समस्या छैन । किनभने तिनले खोप विकासमा पनि धेरै स्रोत लगाए र अहिले लाइनमा अगाडि छन् । क्यानडा तथा ईयूका देशहरू उनीहरूभन्दा थोरै पछाडि छन् । तर अधिकांश न्यून आय भएका देशहरूले खोप लगाउन सुरु गरेकै छैनन्। तर केही अनौठो उदाहरण पनि देखिएका छन् ।

विश्वमा भइरहेका खोप वितरण कार्यक्रम हेरौँ    विश्वव्यापी खोप वितरण : People’s News 

Leave a Comment