Peoples News : विपक्षीहरूको अवरोधका कारण संसद्मा बोल्न नपाएका गृहमन्त्री रमेश लेखकले संसद् परिसरमै पत्रकार सम्मेलन गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने छानबिनमा आफू र आफ्नो मन्त्रालयले पूर्ण रूपमा सहयोग गर्ने बताए । विमानस्थलमा भिजिट भिसाका नाममा रकम असुली गर्ने गरेको भनिएको यस प्रकरणमा दुई ठूला प्रतिपक्षी दल नेकपा माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले औपचारिक रूपमै गृहमन्त्रीको राजीनामा माग गरेका छन् । बुधवार एक कार्यक्रममा बोल्दै कांग्रेस महामन्त्री गगन थापाले समेत नैतिकताको हिसाबमा राजीनामा दिन सुझाएका थिए । त्यसबारे सोधिएको प्रश्नमा उनको जबाफ थियो, “एक जना राष्ट्रसेवक कर्मचारीमाथि अख्तियारले अनुसन्धान गर्दा सम्बन्धित विभागीय मन्त्रीले राजीनामा गर्ने हो भने यहाँ एक वर्षमा देशमा कति मन्त्री चाहिएला ? के यो थिति ठिक हो ? उनले आफूविरुद्ध नियोजित र षड्यन्त्रमूलक रूपमा आक्रमण भइराखेको बताउँदै उक्त प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरे ।
अख्तियारको ‘अनुसन्धानको निष्कर्ष नै समग्र विषयको जबाफ हुने’ बताउँदै त्यसका लागि पर्खन आग्रह गरे । मेरो मन्त्रालयअन्तर्गतको निकायले अनुसन्धान गरिराखेको विषय होइन । देशको सर्वाधिक विश्वासिलो, संविधानद्वारा स्थापित निकायले गरिराखेको हो,” लेखकले थपे ।
प्रतिरक्षामा थप के भने

तस्बिर स्रोत, तस्बिरको क्याप्शन,फाइल तस्बिर
पत्रकार सम्मेलनभर उनको जोड कर्मचारीमाथि भइरहेको अनुसन्धानलाई राजनीतिक नेतृत्वमाथि जोड्न नहुने भन्ने थियो । हाल आयोगको अनुसन्धानमा रहेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका सहसचिव तीर्थराज भट्टराई गृहमन्त्रीको अग्रसरतामा अध्यागमन विभागमा सरुवा भएर गएका र पछि फेरि त्यहाँबाट तानिएका दाबी मङ्गलवार विपक्षी सांसदहरूले सदनमा गरेका थिए । त्यसको जबाफ दिने क्रममा लेखकको भनाइ थियो, “सहसचिव तीर्थराज [भट्टराई] जी मैले नियुक्त गरेको होइन । मैले गृह मन्त्रालयमा अन्तबाट सरुवा गरेर ल्याएको होइन । मभन्दा पहिला, मैले दिएको भन्दा महत्त्वपूर्ण जिम्मेवारी दिइएका व्यक्ति हुन् । तर मसँग जोडिँदै छ । यस प्रकरणमा ‘छानबिनलाई नै प्रभावित पार्न खोज्ने गरी’ क्रियाकलाप भइरहेको र ‘न्याय पाउने आफ्नो पनि हक भएको’ लेखकको भनाइ थियो।

तस्बिर स्रोत,
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको सचिवालयका कर्मचारी जोडिएको घटनालाई लिएर सत्तारूढ र प्रतिपक्षी दल आआफ्नै अडानमा कायम रहेपछि प्रतिनिधिसभाको बैठक मङ्गलवार र बुधवार स्थगित भएको छ । तर लेखकको भनाइ छ, ”अपुष्ट र नियोजित सामग्रीकै भरमा राजीनामा दिने थिति बसालिए…भोलिका दिनमा वहाँहरू [विपक्षीहरू] यस्ता अवाञ्छित प्रश्नबाट भाग्न पाउनुहुने छैन । उनले विगतमा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र आफू जोडिएका विवादका बीच ”केही आधारभूत भिन्नता” रहेको दाबी गर्दै ”आज मविरुद्ध अनुसन्धान भइराखेको होइन” भने । त्यसबेलाको सहकारी प्रकरण तत्कालीन माननीय मन्त्रीसँग सीधै जोडिएको छ । वहाँ स्वयं अनुसन्धानको दायरामा हुनुहुन्थ्यो । यस प्रकरणमा लेखकको संलग्नता भएको आरोपबारे गृह मन्त्रालय र उनको दल नेपाली कांग्रेसले प्रतिरक्षा गर्दै आएको छ । BBC