साबधान बजारमा पाइने फ्री वाइफाइबाट बैंकिंग कारोबार गर्दा पर्न सकिन्छ धरापमा

पिपुल्स न्युज काठमाडौं- आर्थिक कारोबार गर्न जति सहजता हुदै जान्छ त्यति नै समस्या उत्पन्न हुने जोखिम बढ्दै जान्छ नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सूचना जारी गरेको छ ।

बैंकले सार्वजनिक वाइफाईबाट डिजिटल कारोबार नगर्न अनुरोध गरेको छ । बैंकले त्यस्ता खालको वाइफाईबाट डिजिटल कारोबार गर्दा ग्राहकहरुको गोप्य सूचना चोरी हुन सक्ने सम्भावना भएकोले मोबाइल बैकिङ्ग तथा अन्य अनलाइन कारोबार गर्दा सकेसम्म सार्वजनिक वाइफाइको प्रयोन नगर्न भनेको हो ।

बैंकले डिजिटन भुक्तानी तथा कारोबार सम्बन्धी सचेतनाका लागि आफ्ना ग्राहकहरुलाई यस्ता खालका जोखिमबाट सचेत हुन आग्रह गरेको हो । सार्वजनिक स्थलहरुमा वल्र्डलिङ्कले आफ्ना प्रयोगकर्ताहरुको सहजताका लागि फ्रि–वाइफाईको व्यवस्था गरेको छ । यसरी सार्वजनिक वाइफाई प्रयोग गरि डिजिटल कारोबार गर्दा आफ्नो गोप्य सूचना जस्तै, ओटिपी कोड, पासवर्ड जस्ता चिजहरु ह्याक हुन सक्ने सम्भावना बढ्ने भएकोले बैंकले त्यस्ता वाइफाईको माध्यमबाट डिजिटल कारोबार नगर्न अनुरोध गरेको हो ।

Leave a Reply