पिपुल्स न्युज काठमाडौँ : ग्यासमा मूल्य घटेर आउँदा केही राहत भएपनि अझै प्रतिसिलिन्डर २ सय १८ रुपैयाँ नोक्सानमै छौं । अन्तर्राष्ट्रिय बजार हेर्दा ग्यासमा केही घट्ने सम्भावना देखिएको छ,’ कार्यकारी निर्देशक थानीले भने, ‘अब ग्यासमा पनि छिटै स्वचालित प्रणाली लागू गर्छौं ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्ने क्रममा रहेकाले छिट्टै नोक्सान घट्ने निगमको अनुमान छ । अहिले प्रतिसिलिन्डर २ सय १८ रुपैयाँ नोक्सानी रहेकाले ग्यासमा स्वचालित लागू गर्दा उपभोक्ता मूल्य थप बढ्न सक्ने उनले बताए ।
निगमले २०७१ असोजदेखि पेट्रोल, डिजेल र मट्टितेलमा स्वचालित प्रणाली लागू गरेको थियो । हवाई इन्धनको मूल्य भने निमग नियन्त्रित छ । ग्यासमा निगम घाटामा गएपछि स्वचालित मूल्य लागू गर्न खोजेको हो ।
स्वचालित मूल्य पूर्ण रुपमा कार्यान्वयन नहुँदा आईओसीलाई ६ अर्ब र नेपाल सरकारलाई साढे ६ अर्ब तिर्न बाँकी नै छ । निगमलाई नाफा चाहिएको छैन, ब्रेक इभनमा पुग्ने बित्तिकै सबैमा पूर्ण स्वचालित लागू गर्छाैं,’ थानीले भने ।