नेपाल आदिवासी जनजाति पत्रकार महासंघको सम्मेलन २७ र २८ गते हुँदै

Peoples News : पण्डित भगवती मरर, सप्तरी, वि. स. २०७९ साल फाल्गुन २७ गते शनिवार ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को “नीति तथा विधान सम्मेलन” मधेश प्रदेशको सर्लाही जिल्ला अवस्थित् हरिवन (हरिओन) नगरपालिकामा फाल्गुन २७ र २८ गते सु–सम्पन्न हुने भएको छ । सम्मेलन सु–सम्पन्न गर्नको निमित्त महासंघको संघीय कार्य–समितिले अध्यक्ष श्री गजुरधन राईज्यूको संयोजकत्वमा “मूल आयोजक समिति” गठन गरेको छ ।

समितिमा संघीय कार्य–समितिका पदाधिकारी तथा सदस्यहरुसाथै विभागका सदस्यज्यूहरु, मधेश प्रदेशका प्रादेशिक समितिका अध्यक्ष लगायत् सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु, मधेश प्रदेशका सबै जिल्लाध्यक्षहरु अर्थात् प्रादेशिक समितिका पदेन सदस्यहरु र सबै संस्थागत सदस्य संस्थाका अध्यक्षज्यूहरु सदस्य रहनुभएको छ । जिल्ला शाखाहरुबाट निर्वाचित संघीय महाधिवेशन प्रतिनिधि, प्रदेशबाट निर्वाचित संघीय महाधिवेशन प्रतिनिधि, संस्थागत सदस्य संस्थाहरुबाट निर्वाचित संघीय महाधिवेशन प्रतिनिधि र अध्यक्षज्यूहरु, सातौँ संघीय महाधिवेशनको समयमा संघीय समितिले मनोनित गरेका संघीय महाधिवेशन प्रतिनिधि, प्रादेशिक अध्यक्ष र महासचिवहरु तथा जिल्लाध्यक्षज्यूहरुलाई सम्मेलनमा प्रतिनिधिको रुपमा सहभागी गराईने छ ।

सम्मेलन सु–सम्पन्न गर्नका लागि विभिन्न उप–समितिहरु पनि गठन गरिएको छ । प्रकाशन तथा प्रचारप्रशार ब्यवस्थापन समितिमा वरिष्ठ उपाध्यक्ष लक्की चौधरी, अतिथि आमन्त्रण समितिमा उपाध्यक्ष अमरध्वज लामा, मञ्च ब्यवस्थापन समितिमा उपाध्यक्ष जगत दोङ, कार्यक्रम हल ब्यवस्थापन समितिमा उपाध्यक्ष कमन देवान र सचिव बुद्धवीर बाहिङ, अतिथि स्वागत–सत्कार समितिमा उपाध्यक्ष सरु राना र सचिव अञ्जना शिल्पकार, प्रतिनिधि ब्यवस्थापन समितिमा सचिव समीर बलामी, आर्थिक तथा आवास ब्यवस्थापन समितिमा कोषाध्यक्ष लाला गुरुङ र सचिव विश्वराज तामाङ, भोजन ब्यवस्थापन समितिमा सचिव यमन दनुवार र सहकोषाध्यक्ष सन्चु ब्लोन, स्थानीय ब्यवस्थापन समितिमा फोनिज सर्लाहीका अध्यक्ष घनश्याम बलम्पाकी संयोजक, सदस्यहरुमा फोनिज सर्लाहीका सम्पूर्ण पदाधिकारी तथा सदस्यज्यूहरु रहनुभएको छ ।

हालसम्म संघ, प्रदेश र जिल्लाहरुमा मात्र महासंघको शाखा अर्थात् कार्य–समिति रहेको छ तर सम्मेलनले नेपालको वर्तमान् संविधानले ब्यवस्था गरे अनुसारको पालिका स्तरसम्म अब महासंघको कार्य–समिति विस्तार गरिने नीति अवलम्वन गर्ने भएको छ ।

महासंघले संघीयता र पहिचान प्राप्ति आन्दोलनको मर्म बिपरीत प्रदेश १ को नाम “कोशी” कायम गरिएको प्रति घोर निन्दा र भत्र्सना गरेको छ साथै पहिचान विरोधी कदमको विरोध गर्दै “कोशी” नामाकरण गरेको नाम खारेज गरी प्रदेश १ को नामाकरण “किराँत लिम्बूवान” कायम गर्न माग गर्दै बिज्ञप्ति जारी गर्ने र किराँत लिम्बूवानका लागि जारी आन्दोलन प्रति ऐक्यवद्धता जाहेर गर्ने भएको छ ।

Leave a Reply