सबैखाले ऋणी ले राष्ट्र बैंकबाट पाए जेष्ठ सम्मको समय ऋण चुक्ता गर्ने

पिपुल्स न्युज : काठमाडौं। राष्ट्र बैंकले सबै खाले ऋणीका लागि ऋण तिर्ने सयममा एक महिनाको लचकता अपनाएको छ।

राष्ट्र बैंकले शुक्रबार वेबसाइटमार्फत सार्वजनिक गरेको चालु आर्थिक वर्षको अर्धवार्षिक मौद्रिक समीक्षाले ऋणीलाई एक महिना सहुलियत दिएको हो।

२०८० जेठ मसान्तसम्मका लागि यो सुविधा दिइएको छ।

राष्ट्र बैंकको अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठका अनुसार, कुनै ऋणीले पुसमा साँवा/ब्याज भुक्तानी गर्नुपर्ने थियो, उसले त्यो महिना सकेन भने उक्त किस्ता माघमा तिरेमा बैंक तथा वित्तीय संस्थाले जरिवाना गर्न पाउने छैनन्।

यदि माघमा तिर्नुपर्ने किस्ता थियो भने फागुनमा तिर्दा पनि जरिवाना लाग्दैन। मानौं त्रैमासिक रुपमा तिर्नुपर्ने किस्ता थियो, त्यो त्रैमासिक समय चैतमा पर्ने हो भने अब उसले वैशाखमा तिर्न सक्ने भयो।

यो सुविधा राष्ट्र बैंकले जेठ मसान्तसम्मका लागि दिएको छ।

Leave a Reply