पिपुल्स न्युज ब्यांकले कर्जा असुलीका लागि प्राकृतिक व्यक्तिको तस्वीर प्रकाशन गर्न नपाउने भएको छ ।
ऋणीको फोटो पत्रिका मा प्रकाशित गर्दा सामाजिक स्तर मा बदनामी हुने र त्यसबाट धेरै जसो रिनीले आत्माहत्या गरेको अवस्थालाई मध्यनजर गर्दै राष्ट्रबैंक ले सम्पूर्ण बैंकलाई यसबाट पूर्ण रोक लगाउदै फोटो प्रकाशित नगर्न कडा निर्देशन
नेपाल राष्ट्र ब्यांकले कुनै पनि ब्यांकले सार्वजनिक सूचना प्रकाशित गर्दा प्राकृतिक व्यक्तिको तस्वीर प्रकाशन गर्न नपाइने व्यवस्था गरेको हो। ब्यांक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशन २०७८ मा संसोधन गर्दै केन्द्रीय ब्यांकले यस्तो व्यवस्था गरेको हो।
ब्यांक तथा वित्तीय संस्थाले कर्जा बुझाउन नआउने ऋणीको तस्वीरसहित राखेर ऋण तिर्न आउने वा लिलामीको सूचना प्रकाशित गर्दै आएका थिए। यसले ऋणीको मानहानी गर्ने गरेको भनी आलोचना हुने गरेको थियो।
एकीकृत निर्देशनमा संसोधनले इजाजतपत्र प्राप्त संस्थाले कुनै पनि खाता खोल्नुपूर्व कर्जा सूचना केन्द्रको विवरणअनुसार निक्षेपकर्ता कालोसूचीमा नरहेको यकिन गरेर मात्र खाता खोल्नुपर्ने व्यवस्था गरेको छ। यो व्यवस्थाअनुसार, कालोसूचिमा रहेको व्यक्तिले कुनै पनि ब्यांक तथा वित्तीय संस्थाको खाता खोल्न पाउनेछैन।